काठमाडाैं - सरकारले विदेशमा अलपत्र परेका नेपालीहरूको उद्दार कार्य आजबाट सुरू गरेकाे छ । याे सँगै आज म्यानमारबाट २६ जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन् । आफ्नो देशको नागरिक लिन आएको म्यानमार एयरफाेर्सको विमानबाट २६ जना नेपाली काठमाडौं आइपुगेका हुन्।
नेपालि पुर्याउन आएकाे उक्त विमानबाट म्यानमारका ४२ नागरिक स्वदेश फर्किने भएकाे छ।। सीसीएमसी स्रोतका अनुसार म्यानमारबाट आउने २६ जनाकै कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ छ । त्यसैले उनीहरुलाई नेपाली सेनाले होल्डिङ सेन्टरसम्म लगेर होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउनेछ ।
उनीहरुलाई प्रदेश अनुसार अलग अलग गाडीमा राखेर लगिएको छ । म्यान्मारबाट आउने नेपालीको टोलीमा सबैभन्दा बढी बागमती प्रदेशका १७ र सबैभन्दा कम प्रदेश–१ का एक जना छन्।
गएको ११ चैतदेखि अन्तर्राष्ट्रिय उडान रोकिएको थियो। तर, हालै सरकारले विदेशमा रहेका नेपाली ल्याउने निर्णय गरेको छ। त्यसैअनुसार, आजबाट विदेशमा रहेकाहरुलाई स्वदेश ल्याइदैछ । विदेशबाट आएकाहरुलाई छुट्टै क्वारेन्टिनमा राख्ने, निगरानीका लागि माेबाइल फाेनकाे सिमकार्ड उपलब्ध गराउने व्यवस्था सरकारले गरेको छ।