रुकुम – प्रेम पछि विवाह गर्न खोज्दा जातीय विभेदलाई लिएर ६ जनाको ज्यान गएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ । याे सँगै यस घटनामा पक्राउ पर्नेको संख्या २५ पुगेको छ ।
पक्राउ पर्नेमा चौरजहारी नगरपालिका–८, सोतीका ४० वर्षीय नेत्रबहादुर मल्ल, ३० वर्षीय रेशम मल्ल, २१ वर्षीय धनराज राना, २४ वर्षीय रमित पुन, २१ वर्षीय नवीन घर्ती, २४ वर्षीय विराज पुन र २२ वर्षीय भीम पुन रहेका छन्।
अनुसन्धानको क्रममा यसअघि पक्राउ परेकाहरूको बयानमा उनीहरूको पनि नाम जोडिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको हो ।
अघिल्लोचोटि पक्राउ परेका १८ जनालाई बिहीबार नै जिल्ला अदालतबाट दोस्रो पटक १० दिनको म्याद थप भएको छ ।