विश्व चर्चित मेसेजिङ्ग तथा च्याटिङ्ग प्लेटफर्म भाइबरले भिडियो तथा अडियो कलमा एकसाथ २० जनासम्म जोडिन मिल्ने फिचर ल्याएकाे छ। विश्वभर पछिल्लो दिनमा भिडियो कन्फ्रेन्सिङ एपको बढ्दो माग तथा प्रयोगलाई मध्यनजर गर्दै कम्पनीले साे फिचर थप गरेको हो।
कम्पनीले बिहिबारदेखि यो नयाँ फिचर शुरु गरेको हो। यसअघि भाइबरको ग्रुप भिडियो वा आडियो कलिङमा केवल पाँच जनासम्म मात्र जोडिन मिल्थ्यो। पाँच भन्दा धेरै सहभागी भई ग्रुप भिडियो कल वा आडियो कल गर्न अन्य विकल्पको खोजी गर्नु पर्ने बाध्यता थियो। तर अब भने एउटै भिडियो वा आडियो कलमा २० जनासम्म जाडिन सक्ने हुदाँ यसले अझ बढी लोकप्रिता पाएको छ।
यसको लागि प्रयोगकर्ताले ग्रुप च्याटको भित्र गएर त्यहाँ उपलब्ध गराएको फोन आइकनमा ट्याप गरी ग्रुप कल गर्न सकिने छ। तर यो सुविधा केवल २० जना मात्र मेम्मबर भएको ग्रुपमा मात्र संभव रहेको छ। यदि कुनै पनि ग्रुपमा २० जना भन्दा धेरै मेम्बर छन् भने, ती मध्ये कुनै २० जनामात्र सो कलमा सहभागी हुन पाउने छन्।
कम्पनीकाे यो नयाँ फिचर भाइबरको मोबाइल एप तथा डेस्कटप भर्सन दुबैमा उपलब्ध रहेको छ।
यस्तो नयाँ फिचर थप भएसँगै भाइबरको अब जुम, ह्वाट्सएप, फेसबुक म्यासेन्जर, गुगल मिट, इन्स्टाग्राम, हाउसपार्टी र डुओ जस्ता चर्चित भिडियो कन्फ्रेरेन्स प्लाटफर्महरुसँग प्रतिस्पर्धा हुने भएको छ।