अन्य मुलुकका नागरिकहरुलाई आवासिय भिसा दिनका लागि खुलाईने ईलेक्ट्रिक डाईभर्सिटि भिसा (इडिभी)को नतिजा शनिबार राती सार्वजनिक भएको छ। ईडिभीको नतिजा सार्वजनिक भएलगत्तै नेपालस्थित अमेरीकी दुतावासले एउटा सन्देश जारी गर्दै आम नागरिकहरुलाई सचेत गराएको छ।
‘‘याद राख्नुहोस, तपाईलाई डिभी पर्यो वा आवेदन सफल भयो भन्ने व्यहोराका कुनै पनि ईमेल वा म्यासेज हामी तपाईलाई पठाउँदैनौ’’ दुतावासको आधिकारीक ट्वीटरमार्फत जारी सन्देशमा लेखिएको छ, ‘‘यस्तो दावी गरिएका र तपाईलाई डिभी पर्यो भन्ने व्यहोराका कुनै पनि म्यासेज साचो होइनन्।’’
यो पनि पढ्नुहोसः ईडिभिको नतिजा सार्वजनिक (नतिजा हेर्ने लिंक र तरिकासहित)
पछिल्लो समय ईडिभीलगायत अन्य बहानामा ठगी गर्ने गिरोह सकृय रहेको जानकारी पाएपछि दुतावासले यस्तो सन्देश जारी गरेको हो। डिभि भरेकाहरुले आफुँ छनौ भए नभएको बारे हेर्न अमेरीकी आधिकारीक वेभसाईटमार्फत हेर्न पाईने हुनाले अन्य कुनै पनि माध्यमबाट आउने सन्देशहरु ठगी वा अन्य कुनै अपराधिक आसयको हुन सक्ने सुरक्षा निकायका अधिकारीहरु बताउछन्।