धनुषा– महोत्तरीको गौशाला नगरपालिकाको क्वारेन्टिनमा बसेर घर फर्किएका एक जनाको मृत्यु भएको छ। शनिबार क्वारेन्टाइनबाट गौशाला नगरपालिका १० बटौलास्थित घर गएका ४० वर्षका पुरूषकोे आइतबार राति मृत्यु भएको हो।
गत जेठ ६ गते भारतको हरियाणाबाट आएका उनलाई गौशाला नगरपालिकाको क्वारेन्टिनमा राखिएको थियो। क्वारेन्टाइनमा रहेका ती पुरूषसहित २६ जनाको स्वाब संकलन गरी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीसहित २० जनालाई घर पठाइएको थियो।
उनका अनुसार ती व्यक्तिले अत्यधिक रक्सी सेवन गर्दथे।