काठमाडाैं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय १४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। याे नेपालमा कोरोना संक्रमितहरुको संख्या ३ हजार ७ सय ६२ पुगेको छ। जसमध्ये ३ हजार ५ सय ६ जना पुरूष छन् भने २ सय ५६ जना महिला रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमितहरुबारे नियमित प्रेस व्रिफिङमा जानकारी गराएका हुन्।
स्वास्थ्य मन्त्रालयकाे तथ्याङ्क अनुसार झापाका ९, सुनसरीका १, मोरङका ९, पाँचथरका १, सप्तरीका ६, धरानका १६, जनकपुरका १५, स्याङजाका १, कास्कीका १, पर्साका ८, बाराका ७, रौतहटका ४,दाङका ४, बाँकेका १, बर्दियाका १८ र दैलेखका १० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सल्यानका ५, सुर्खेतका १, अर्घाखाँचीका ३१, गुल्मीका १, कपिलवस्तुका १६, नवलपरासीका २, पाल्पाका १, प्युठानका ८, स्पन्देहीका ५, कपिलवस्तुका ७, महोत्तरीका १२, रौतहटका ७ र सर्लाहीका १०६ जना संक्रमित थपिएका हुन्।
यसैगरी थप २१ जना निकाे भएर अस्पतालबाट डिस्चार्ज भएका छन। यससँगै निकाे हुनेकाे संख्या ४ सय ८८ पुगेकाे छ। यस्तै काेराेनाका कारण थप १ जनाकाे मृत्यू भएकाे छ याे सँगै काेराेनाका कारण नेपालमा ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे छ।