काठमाडौं - नेकपाको केन्द्रीय सचिवालय बैठक स्थगित भएकाे छ। संसदमा संविधान संशोधन प्रस्ताव पेस हुने भएकाले अन्तिम समयमा बैठक स्थगित भएको हाे ।
(आज) मगंलबार दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)बारे छलफल गर्न नेकपाको केन्द्रीय सचिवालय बैठक बस्ने भएकाे थियाे ।
तीन दिन अघि पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्तरुपमा उक्त बैठकको समय निर्धारण गरेका थिए।
आजको बैठकमा एमसीसी अध्ययन कार्यदलका सदस्य भीम रावललाई पनि बोलाइएको थियो। नेकपामा एमसीसीलाई लिएर लामो समयदेखि मत विभाजित छ।आगामी असार पहिलो साता एमसीसी सम्झौता संसदबाट अनुमोदन नभए कार्यान्वयनमा आउने छैन।