काठमाडाैं – नेपालमा कोरोना सङ्क्रमणकाे कारण ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ । भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नेपालमा ज्यान गुमाउनेको संख्या १५ पुगेको हाे ।
स्वास्थ्य मन्त्रालयका अनुसार भरतपुर महानगरपालिका ११ का ६८ बर्षीय वृद्धको मृत्यु भएकाे हाे। ज्यान गुमाएका पुरुषमा ज्वरो, निमोनिया र सुगर रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।