काठमाडाैं - काेराेना भाइरसकाे नियन्त्रणमा सरकारले प्रभावकारि काम गर्न नसकेकाे भन्दै प्रधानमन्त्री निवास बालुवाटार परिसरमा सरकारविरुद्ध प्रदर्शन भएको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा तथा लाठि प्रहार गरेका थिए ।
कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेका छन् । पछिल्लो तीन दिन यता लगातार बालुवाटारमा प्रदर्शन भैरहेको छ ।
देश अहिले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनमा छ । ११ चैतदेखि लकडाउन सुरु भययता यति धेरै संख्यामा प्रदर्शन भएको पहिलो पटक हो ।