नेपाल रेल्वेको महाप्रबन्धकमा गुरु भट्टराईलाई नियूक्त हुने भएका छन्। भट्टराईले आफ्नो फेसबुकमार्फत मन्त्रीपरिषदको बैठकले आफुँलाई नेपाल रेल्वेको महाप्रवन्धकमा नियूक्त भएको जानकारी दिएका छन्।
‘‘मन्त्रीपरिषदले नेपाल रेल्वेको महाप्रबन्धक पदमा मलाइ नियुक्त गरेकाले सम्मानिय प्रधामन्त्री तथा माननीय मन्त्रीज्युहरुलाइ धन्यबाद दिन चाहन्छु’’ उनले लेखेका छन्, ‘‘सुखि नेपाली संबृद्ध नेपालको प्रमको यो अभियानमा एउटा सारथी बन्ने जीम्मेबारी पाएकोमा गौरवान्वित छु।’’
भट्टराईले आफुँले पाएको जीम्मेवारी निश्वार्थ ढंगले वहन गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन्। यद्दपी उनी महाप्रवन्धकमा नियूक्त भएको आधिकारीक घोषणा भइसकेको छैन्।
