काठमाडौं- कान्ति बाल अस्पतालले अनलाइन टिकट लिने व्यवस्था सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा कान्ति चिल्ड्रेन हस्पिटल नामकको एप्स मोबाइलमा डाउनलोड गरेर टिकट लिन सक्ने बताए।
उक्त एप्सको शुभारम्भ गर्दै यसबाट उपभोक्तको समयको बचत हुनाका साथै उपचार प्रक्रियासमेत सहज हुने बताए। एप्सको प्रयोग गरिएसँगै न्यून जनशक्तिका भरमा काम गर्न सजिलो हुने बताए ।
उपभोक्ताले सो एप्समार्फत दैनिक बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म टिकट घरबाटै काट्न सक्नेछन् । यसका लागि दर्ता शुल्क ५० रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ। यसमा उपभोक्ताले वर्षभरि अस्पतालबाट सेवा लिन सक्ने व्यवस्था गरिएको छ।
साथै अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले हाल सो एप्स एन्ड्रोइड मोबाइलहरुमा उपलब्ध भएको र एप्पलमा उपलब्ध हुन केही समय लाग्ने जानकारी दिए।