काठमाडौंनेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘‘प्रचण्ड’’ले मुलुकले भारतसँग दुश्मनी नचाहेको बताएका छन्। प्रतिनिधी सभाको बैठकमा बोल्दै नयाँ नक्सा जारी गरेर नेपालले भारतसँग दुश्मनी गर्न नचाहेको भइ सिमानमा देखिएको बिवाद सधैँको लागि समाधान गर्न चाहेको बताए।
‘‘हामी हाम्रा छिमेकीहरुसँग स्पष्ट र सुमधुर सम्बन्ध राख्न चाहेका छौ’’, पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘‘भारतलाई अप्ठ्यारो पार्नका लागि एकता प्रदर्शन गरेको हैन्।’’ उनले अबको दिनमा भारत–चिन–नेपालको सम्बन्ध नयाँ ढङ्गबाट अघि बढ्नुपर्ने बताए।
अध्यक्ष प्रचण्डले वार्ता र संवादको माध्यमबाट समस्या सामाधान गर्न चाहँदा चाँहदै पनि भारतकै कारण यसरी नक्सा जारी गर्नुपरेको बताए। ‘‘हामीले संवादका लागि पत्राचार गरिरहेका थियौँ’’, उनले भने, ‘‘लकडाउनका बेलामा भारतका जिम्मेवार व्यक्ति मन्त्रीले नै बाटो उद्घाटन गरेपछि हामी बाध्य भयौ।’’ लिपुलेकको बाटो उद्घाटन गरेर भारतले नेपाललाई झक्झक्याएको जिकिर गर्दै त्यसका लागि भारतलाई धन्यवाद दिए।