काठमाडाैं - नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको पुष्टि गरे। अाज भेटिएका संक्रमितहरूमा ५ सय ४६ जना पुरूष र ४० जना महिला रहेका छन् । यस्तै कुल संक्रमित मध्ये ६ हजार ६ सय ३८ जना पुरुष र ५ सय ३९ जना महिला छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका ४, सिराहाका १, मोरङका ९, झापाका २, धनुषाका २६, महोत्तरीका २००, बाराका ७, रौतहटका १३७, कपिलवस्तुका १०, रुपन्देहीका ७, सर्लाहीका ६, प्युठानका ३४, अर्घाखाँचीका १२, कैलालीका १, पर्वतका ३, नवलपरासीका १७, गुल्मीका २६, बाँकेका १, बर्दियाका ३१, दाङका ८, सल्यानका २५, सुर्खेतका २, दैलेखका २, कालिकोटका १४ र कञ्चनपुरका ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपालमा हालसम्म १ हजार १ सय ६७ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका हुन् । मन्त्रालयका अनुसार अाज डिस्चार्ज हुनेमा ९ जना नै पुरूष रहेका छन् । यस्तै कुल निकाे हुनेहरूमा १ हजार ५५ जना पुरूष र १ सय १२ जना महिला रहेका छन् ।
नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे सँख्या २० पुगेकाे छ ।