काठमाडाैं - नेपालमा कोरोनाभाइरस (कोभिड– १९) कारण थप एक जनाकाे मृत्यु भएकाे छ । याे सँगै मृत्यु हुनेको संख्या २० पुगेको छ ।
मन्त्रालयका अनुसार बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ की ४६ वर्षीया महिलाकाे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हाे ।
उनको जेठ ३० गते उनी कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल भर्ना गरिएको थियो। असार १ गते स्वाब संकलन गरी प्रयोगशाला परीक्षणमा पठाइउको थियो। असार १ गते नै कोहलपुरमा उनको मृत्यु भएको हो।
उनकाे मृत्युपश्चात कोभिड- १९ परीक्षण रिपोर्टमा कोरोरोना संक्रमण पाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।