काठमाडाैं – १२ जना महिला र १०५ जना पुरुष गरी ११७ जना बाेकेर हिमालयन एयरलाइन्स काठमाडाैँ फर्कंदै छ । जहाज साँझ ६ काठमाडाैं अवतरण गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि थप ५ उडान हुनेछन् । यो उडानको भाडादर ४५ हजार १ सय रुपैयाँ तोकिएको छ । फर्कने नेपाली स्वयंले नै यातायात खर्च व्यहोर्नु पर्ने नियम छ ।
यस्तै मलेसियामा रहेको नेपाली दूतावासले भिसा वा करार सकिएर स्वदेश फर्कने नेपालीसँग मलेसियाको अध्यागमनले चेकआउट मेमो खोजेकाले टिकट काट्नुअघि चेकआउट मेमो लिन सक्ने नसक्ने भनेर यकिन गर्न अनुरोध गरेको छ । चेकआउट मेमो लिएको तर कोरोनाको कारण म्याद सकिएको भए पनि स्वदेश फर्कन पाइने दूतावासले उल्लेख गरेको छ ।
भिसाको म्याद भएका तर बिदामा नेपाल फर्कनेले रोजगारदाताबाट बिदाको पत्र अनिवार्य साथमा राख्न पर्नेछ ।
कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएको रिपोर्ट पनि साथमा हुनुपर्नेछ ।