काठमाडाैं - पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। याे सँगै नेपालमा कुल संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गाैँतमले देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ३ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए।
आज भेटिएका संक्रमितहरूमा २ सय ८२ जना पुरूष छन् भने ४९ जना महिला रहेका छन् । कुल संक्रमितमा भने ७ हजार ८ सय ४९ जना पुरुष छन् भने ७ सय ५६ जना महिला रहेका छन्।
यस्तै पछिल्लो बिवरणअनुसार थप १ सय ७६ जना कोरोनाभाइरसका बिरामि संक्रमणमुक्त भएर घर फर्किएका छन्। आज डिस्चार्ज हुनेमा १ सय ५८ जना पुरूष छन् भने १८ जना महिला छन् । यससँगै कोरोनाभाइरस संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज हुनेका संख्या १ हजार ५ सय ७८ जना पुगेको छ। कुल डिस्चार्ज हुनेहरूमा १ हजार ४ सय ३७ जना पुरूष छन् भने १ सय ४१ जना महिला रहेका छन् ।
यस्तै ७४ वटा जिल्लामा संक्रमण फैलिसकेकाे मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका अनुसार कुल संक्रमित मध्ये २२ जनाको मृत्यु भइसकेको छ।