काठमाडाैं - पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ३५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गाैँतमले देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ५ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए।
मन्त्रालयकाे तथ्याङ्क अनुसार दाङमा १३, मोरङमा १२, सप्तरीमा १५, झापामा ३, धनुषामा १०, महोत्तरीमा १, अछाममा २, अर्घाखाँचीमा ९, बैतडीमा १४, डढेल्धुरामा १५, डोटीमा ७, गुल्मीमा १५, जाजरकोटमा १ जना संक्रमित थपिएका छन् ।
यस्तै कैलालीमा ५८, नवलपरासीमा २९, सर्लाहीमा ४७, सिन्धुपाल्चोकमा २, सिराहामा २३, स्याङजामा ३२, पाल्पामा ९०, प्युठानमा ३०, रौतहटमा ३४, रुपन्देहीमा १२, चितवनमा ५, ओखलढुङगामा १, गुल्मीमा ४१, स्याङजामा १ र तनहुँमा ११ जना संक्रमित थपिएका हुन्।
याे सँगै नेपालमा कुल संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेकाे छ। आज भेटिएका संक्रमितहरूमा ४ सय ६१ जना पुरूष छन् भने ७४ जना महिला रहेका छन् । कुल संक्रमितहरूमा ८ हजार ६ सय ६१ जना पुरुष छन् भने ८ सय ९४ जना महिला रहेका छन्।
यस्तै पछिल्लो बिवरणअनुसार थप ३ सय ७० जना कोरोनाभाइरसका बिरामि संक्रमणमुक्त भएर घर फर्किएका छन्। आज डिस्चार्ज हुनेमा ३ सय ३८ जना पुरूष छन् भने ३२ जना महिला छन् । यससँगै कोरोनाभाइरस संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज हुनेकाे कुल संख्या २ हजार १ सय ४२ जना पुगेको छ। कुल डिस्चार्ज हुनेहरूमा १ हजार ९ सय ६१ जना पुरूष छन् भने १ सय ६१ जना महिला रहेका छन् ।
यस्तै ७६ वटा जिल्लामा संक्रमण फैलिसकेकाे मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका अनुसार हालसम्म काेराेनाबाट कुल मृत्यु हुनेकाे संख्या २३ पुगेकाे छ ।