काठमाडाैं– नेपालमा पछिल्लो २४ घण्टामा काेराेना भाइरसकाे कारण थप एक जनाको मृत्यु भएको छ। याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २४ पुगेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता . डा. जागेश्वर गौतमले थप एककाे मृत्यु भएको पुष्टि गरे। प्रवक्ता गौतमका अनुसार दैलेख जील्लाकाे दुल्लु नगरपालीका घर भएका ४५ वर्षिय पुरूषकाे कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
असार ८ गते राती अपराह्र ८ बजे प्राद्रेशिक अस्पतालकाे आइसाेलेसनमा उपचारकाे क्रममा उनकाे मृत्यु भएकाे हाे। उनी क्षयराेग तथा दमका बिरामीसमेत थिए। उनलाइ दुल्लु अस्पतालबाट असार ३ गते प्राद्रेशिक अस्पतालमा रिफर गरिएकाे थियाे। उनीमा असार ४ गते काेराेना पुष्टि भएकाे थियाे।