काठमाडाैं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केही बेर बसेर सकिएको छ । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल बोलेपछि बैठक पर्सी (शुक्रबार) सम्मका लागि स्थगित भएको हो ।
आजको बैठकमा अमेरिकी नियाेगकाे सहयाेग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को बारेमा निर्णय हुने भनिए पनि त्यसबारेमा छलफल भने भएन ।
आजको बैठकले पर्सीको लागि अध्यक्षद्वयले प्रारम्भमा मन्तव्य दिने, कोरोना रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने, सीमा समस्या र समाधान, एमसीसी, सरकार र पार्टीको कामको समिक्षा र विविध विषयका एजेण्डा तय गरेको छ ।