काठमाडौं - नेपालमा बुधबार थप ६ सय २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका बिभिन्न प्रयाेगशालामा गरेकाे परिक्षणमा थप ६ सय २९ जना संक्रमित थपिएकाे बताए । आज थपिएकाहरूमा ५ सय २९ जना पुरुष र १ सय १० जना महिला महिला छन् ।यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।
कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या २ हजार ३ सय ३८ रहेको छ । त्यसमा १ सय ९७ महिला र २ हजार १ सय ४१ पुरुष छन् । गत चौबिस घण्टामा मात्रै ८ महिला र १ सय ६ पुरुष गरी १ सय १४ जना डिस्चार्ज भएका हुन्। मन्त्रालयका अनुसार नेपालमा बागमती प्रदेशको रसुवा बाहेकका ७६ जिल्लामा काेराेना संक्रमण फैलिसकेकाे छ ।
मन्त्रालयकाे तथ्याङ्क अनुसार ७८ हजार ६ सय ३९ जना क्वारेनटाइनमा रहेका छन् भने ८ हजार ३ सय ६६ जना अाइशुलेसनामा रहेका छन् ।
मन्त्रालयका अनुसार ५ सय ९ जना रेड जाेनमा परेका छन् भने हालसम्म काेराेनाबाट कुल मृत्यु हुनेकाे संख्या २४ पुगेको छ ।