काठमाडौं - नेपालमा शुक्रबार थप ५ सय ९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका २२ वटा प्रयाेगशालामा गरेकाे परिक्षणमा थप ५ सय ९३ जना संक्रमित थपिएकाे बताए । आज थपिएकाहरूमा ४ सय ८६ जना पुरुष र १ सय ७ जना महिला महिला छन् ।
यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । कुल संक्रमितहरूमा १० हजार ५ सय ६ जना पुरूष छन् भने १ हजार २ सय ४९ जना महिला रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका २, झापाका ४, सुनसरीका १०, धनुषाका १५, महोत्तरीका ४, सिराहाका ६, अछामका १, बैतडीका २५, बझाङका ९, बाजुराका २७, बाराका २, दार्चुलाका ३, डोटीका ४६, गोर्खाका ६, कैलालीका ३१, कञ्चनपुरका ४२, कपिवस्तुका २१, रौतहटका ५१, सल्यानका ४, नवलपरासीका २४ र नुवाकोटका १ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै काठमाडौँका ३, चितवनका १२, सिन्धुलीका ६, कास्कीका २, लमजुङका ६, बागलुङका १, तनहुँका २, स्याङजाका १, अर्घाखाँचीका ३, गुल्मीका २५, पाल्पाका ७६, रुपन्देहीका ६, दाङका ७५, प्युठानका २०, दैलेखका ५, जाजरकोटका २, मुगुका १, सुर्खेतका १२ र जुम्लाका ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ रहेको छ । गत चौबिस घण्टामा मात्रै ८ महिला र ४८ पुरुष गरी ४८ जना डिस्चार्ज भएका हुन्। मन्त्रालयका अनुसार नेपालमा ७६ जिल्लामा काेराेना संक्रमण फैलिसकेकाे छ ।
मन्त्रालयकाे तथ्याङ्क अनुसार ७१ हजार १२ जना क्वारेनटाइनमा छन् भने ९ हजार ३० हजा अाइसुलेसनमा रहेका छन् । यस्तै काेराेनाबाट कुल मृत्यु हुनेकाे संख्या २७ पुगेको छ ।