काठमाडौं - नेपालमा साेमबार थप ४ सय ७६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका बिभिन्न प्रयाेगशालामा गरेकाे परिक्षणमा थप ४ सय ७६ जना संक्रमित थपिएकाे बताए । आज थपिएकाहरूमा ३ सय ६४ जना पुरुष र १ सय १२ जना महिला रहेका छन् । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । कुल संक्रमितहरूमा १ हजार ५ सय ८६ जना महिला छन् भने ११ हजार ६ सय ६२ जना पुरूष रहेका छन् ।
कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल संख्या ३ हजार १ सय ३४ रहेको छ । त्यसमा २ सय ६६ महिला र २ हजार ८ सय ६६ पुरुष छन् । गत चौबिस घण्टामा मात्रै १३ महिला र १ सय ८ पुरुष गरी १ सय २१ जना डिस्चार्ज भएका हुन्। मन्त्रालयका अनुसार नेपालका ७७ जिल्लामा काेराेना संक्रमण फैलिसकेकाे छ।
नेपालमा हालसम्म ५७ हजार ३ सय ६८ जना क्वारेनटाइनमा रहेका छन् भने १० हजार ८५ जना अाइशुलेसनामा रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म काेराेनाबाट कुल मृत्यु हुनेकाे संख्या २९ पुगेको छ ।