काठमाडाैं - नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा रौतहत, फतुवा विजयपुर ७ का ३० वर्षीय युवा रहेका छन् ।
श्वासप्रश्वासमा समस्या आएपछि उनि स्टार अस्पताल सानेपामा भर्ना भएका थिए । उनको १३ गते स्वाब संकलनका लागि पठाइएको र सोही दिन उनको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । । उनको असार १४ गते कोरोना पोजेटिभ पुष्टि भएको जनाइएको छ । उनी विगत तीन महिनादेखि श्वासप्रश्वासको समस्याबाट ग्रसित थिए ।