काठमाडाैं - सरकारले लकडाउनकाे अवधि साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हाे।
कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेदेखि सुरु भएकाे देशब्यापी लकडाउन असार १ देखि भने खुकुलो बनाइएको छ। जसअनुसार सार्वजनिक सवारीसाधन तथा उद्दारबाहेकका हवाई उडान बन्द छन् भने निजी सवारीसाधन जोर विजोर प्रणालीबाट सञ्चालन भइरहेका छन्।
त्यस्तै स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने सबै प्रकारका उत्पादन र बिक्री खुला गरिएको छ। यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ । सीमित उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु तथा बजार पसलहरु सञ्चालन भए पनि सिनेमा हल, सपिङ मल, शैलुन, जिमखाना, पार्लर तथा विद्यालयजस्ता मानिसको बढी भिडभाड हुने र सहभागिता बढी हुने क्षेत्रहरूकाे सञ्चालनमा भने राेक लगाइएकाे छ। यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ।