काठमाडाैं– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज(मंगलबार) भेटवार्ता भएको छ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरू हुनु आधा घन्टाअघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न आज बिहान शितल निवास पुगेका हुन्।
साढे १० बजेदेखि शुरु भएको वार्तामा समसामयिक विषयमा कुरा भइरहेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जनाएका छन्।