काठमाडौ - राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकि छिन् । भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसदको दुवै सदनको चालु अधिवेशन अत्य गरेकी हुन् । बिहीबार साँझ ५ बजे लागू हुनेगरी राष्ट्रपतिले दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकी हुन् ।
मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि अधिवेशन अन्त्य भएको औपचारिक घोषणाका लागि राष्ट्रपतिकहाँ सिफारिस पठाइएको थियो । संसद्को बजेट अधिवेशन २६ वैशाखमा शुरु भएको थियो।