काठमाडाैं– काेराेना भाइरसकाे संक्रमणकाे कारणा ४९ दिनकाे शिशुकाे मृत्यु भएकाे छ। याे सँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे सँख्या ३१ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार म्याग्दी जिल्ला धाैलागिरी नगरपालीका वडा नं ४ स्थायी ठेगाना भएका उनकाे असार १७ गते साझ ४ बजे निधन भएकाे छ।
त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा असार ९ गते भर्ना भएका उनकाे भेन्टीलेटरमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे।