काठमाडौं - बलिवुडकी चर्चित कोरियोग्राफर (नृत्य निर्देशक) सरोज खानको ७२ वर्षकाे उमेरमा निधन भएको छ । उनको हृदयघातका कारण गएराती १ बजेर ५२ मिनेट जादा उनको निधन भएको हाे । खान १७ जुन मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा भर्ना भएकी थिइन।
श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएकी सरोजको कोरोना परिक्षण समेत गरिएकोमा रिपोर्ट निगेटिभ आएको थियो ।बलिउडमा झण्डै ४ दशक काम गरेकी सरोजका पतिसँगै दुई छोरी र एक छोरा छन् । उनले बलिउडका चार हजार बढी गीतमा नृत्य निर्देशनको कौशल देखाई सकेकि थिइन् ।
उनले मिस्टर इंडिया, नगीना, चादनी, तेजाब, थानेदार, बेटा जस्ता फिल्ममा नृत्य निर्देशन गरेकी थिइन् । उनले नृत्य निर्देशनमा तीन पटक राष्ट्रिय अवार्डसमेत जितिसकेकी थिइन् । उनको आजै अन्तेष्टि गरिने समाचारमा उल्लेख छ ।