नयाँ दिल्ली - भारतमा पछिल्लो २४ घण्टामा २० हजार ९०३ कोरोना भाइरस संक्रमित थपिएका छन् । कोरोना संक्रमितको थपिने दैनिक संख्यालाई हेर्दा यो संख्या अहिलेसम्मकै उच्च हो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोन भाइरस संक्रमितको संख्या ६ लाख २५ हजार ५४४ पुगेको छ । जसमध्ये २ लाख २७ हजार ४३९ सक्रिय संक्रमित छन् भने ३ लाख ७९ हजार ८९२ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा ३७९ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना महामारीबाट मृत्यु हुनेहरुको संख्या १८ हजार ६२६ पुगेको छ । भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ । महाराष्ट्रमा मात्र कोरोना महामारीका कारण ८ हजार १७८ जनाको मृत्यु भएको छ । महाराष्ट्रमा कोरोना संक्रमितको संख्या ९८ हजार ३९२ रहेको छ ।
तमिलनाडुमा कोरोना संक्रमणबाट एक हजार ३२१ जनाको मृत्यु भएको छ । राजधानी दिल्लीमा कोरोना भाइरस संक्रमितको संख्या ९२ हजार १७५ पुगेको छ भने २ हजार ८६४ जनाको मृत्यु भएको छ ।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार जुलाई २ सम्म भारतमा ९२ लाख ९७ हजार ७४९ को कोरोना परीक्षण गरिएको छ । जसमध्ये बिहीबारमात्रै २ लाख ४१ हजार ५६ संक्रमितको परीक्षण गरिएको छ । - बीबीसी