नेकपाभित्रको राजनिती चरम बिवादबाट गुज्रीरहेको छ। विभिन्न मुद्दामा आलोचना खेपिरहेका आफ्नै पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथी शिर्ष नेताहरु नै पनि खनिएका छन्।
पार्टीभित्रैबाट प्रधानमन्त्री ओलीको राजिनामा समेत माग्न थालिएको छ। यहि अवस्थालाई बढाईचढाई गर्न केहि तत्वहरुले चलखेल समेत शुरु गरेको देखिन्छ।
बिशेषगरी सामाजिक सञ्जालको माध्यमबाट सरकार र केपी ओलीविरुद्द विभिन्न धारणाहरु सार्वजनिक भइरहेका छन्। यस्तोमा केहि ‘फेक अकाउन्ट’को प्रयोग गरेर विभिन्न भ्रामक सन्देशहरु समेत प्रवाह भइरहेको पाईन्छ।
यहाँसम्म की स्वयम् प्रधानमन्त्रीकै जस्ताे देखीनेगरी पनि ‘फेक अकाउन्ट’ बनाएर विभिन्न कुराहरु सार्वजनिक भइरहेको छ। केपी शर्मा ओलीजस्तो देखिनेगरी ‘केपी शर्मा होली’ नाम राखेर बनाइएको ट्वीटर अकाउन्टबाट प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजिनामा दिएकोजस्ता भ्रामक सन्देशहरु प्रवाह भएको छ।
हेर्नुहोस उक्त ट्वीटः