काठमाडौं - नेपालमा शुक्रबार थप ७ सय ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका बिभिन्न प्रयाेगशालामा गरेकाे परिक्षणमा थप ७ सय ४० जना संक्रमित थपिएकाे बताए । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।
यस्तै कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल संख्या ६ हजार १ सय ४३ रहेको छ । गत चौबिस घण्टामा मात्रै ८ सय २३ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार नेपालका ७७ जिल्लामा काेराेना संक्रमण फैलिसकेकाे छ।
नेपालमा हालसम्म ३५ हजार ४ सय ७२ जना क्वारेनटाइनमा रहेका छन् भने ९ हजार ८४ जना अाइशुलेसनामा रहेका छन् । मन्त्रालयका अनुसार अाज काठमाडाैँका थप एक जनाकाे मृत्यु भए सँगै हालसम्म काेराेनाबाट कुल मृत्यु हुनेकाे संख्या ३२ पुगेको छ ।