काठमाडौं - नेपालमा थप १ जनाको कोरोनाको कारण मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मृत्यु हुनेमा काठमाडौं नयाँ बानेश्वर बस्ने ८५ वर्षीय वृद्ध रहेको बताए । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
उच्च रक्तचाप र पार्किन्सन बिरामीसमेत रहेका ती वृद्धको असार १७ गते उपचारका क्रममा मृत्यु भएको र उनका कोरोना परिक्षण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।