एजेन्सी– छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण्बाट पछिलो २४ घण्टामा ४ सय ६७ जनाको मृत्यु भएको छ। भारतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार त्यहाँ कोरोनाको कारण मृत्यु हुनेको संख्या २० हजार १ सय ६० पुगेको छ।
त्यस्तै पछिलो २४ घण्टामा भारतमा २२ हजार २ सय ५२ नयाँ कोरोना संक्रमित थपिएका छन्। हालसम्म भातमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सात लाख १९ हजार ६सय ६५ पुगेको छ। भने चार लाख ३९ हजार ९ सय ४८ जना निको भइसकेका छन्।