काठमाडौं – नेपालमा मंगलबार २ सय ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा . जागेश्वर गाैतमले देशका बिभिन्न प्रयाेगशालामा गरेकाे परिक्षणमा थप २ सय ४ जनामा काेराेना पुष्टि भएकाे बताए । याे सँगै नेपालमा काेराेना भाइरस संक्रमितको कुलसंख्या १६ हजार १ सय ६८ पुगेको छ।
यस्तै पछिल्लो २४ घन्टामा ६ सय ८८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। नेपालमा निको हुने संक्रमितको संख्या ७ हजार ४ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयकाे तथ्याङ्क अनुसार हालसम्म २५ हजार ७ सय २७ जना क्वारेन्टाइनमा रहेका छन् भने ८ हजार ६ सय ३४ जना आइसोलेसनमा रहेका छन् ।
मन्त्रालयका अनुसार ७७ जिल्लामा कोरोना संक्रमण देखिएकोमा ४ जिल्ला तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला कोरोनामुक्त भएका छन्।