काठमाडौं – काठमाडौं उपत्यकामा तीन जिल्लामा मंगलबार थप २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा काेराेना संक्रमण देखिएकाे बताए।
यसअघि सोमबार काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।