काठमाडौं - संघीय समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद दुबैबाट हटाउने निर्णय गरेको छ । पार्टी कार्यालय बालकुमारीमा मंगलबार बसेको बैठकले उनलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाउने निर्णय गरेको हो ।
लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्सा संविधानमा राख्ने संविधान संशोधन प्रस्तावमाथि उनले असहमति राखेकी थिइन्। पार्टीका महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको ३ सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।
जेठ २७ गते समाजवादी पार्टीले निसान छाप परिवर्तन गर्न संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । तर, गिरीले असहमति जनाउँदै संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।
अब समाजवादीले यससम्बन्धी जानकारी निर्वाचन आयोग र संसदमा पठाउनेछ।