काठमाडाैं – नेपालमा बुधबार थप २ सय ५५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयाेगशालामा गरेकाे परिक्षणमा थप २ सय ५५ जना संक्रमित थपिएकाे बताए । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।
यस्तै पछिलाे २४ घण्टामा २ सय ५३ जना काेराेना मुक्त भएर घर फर्केका छन् । याे सँगै हालसम्म नेपालमा काेराेना मुक्त हुनेकाे कुल संख्या ७ हजार ७ सय ५२ पुगेकाे छ।
मन्त्रालयका अनुसार नेपालका ७७ जिल्लामा काेराेना संक्रमण फैलिसकेकाे छ। नेपालमा हालसम्म २५ हजार ४० जना क्वारेनटाइनमा रहेका छन् भने ८ हजार ६ सय ३६ जना आइसोलेसनामा रहेका छन् ।
यस्तै गत २४ घण्टामा ४ हजार ६ सय ९६ जनाकाे पीसीअार बाट नमुना परिक्षण भएकाे मन्त्रालयकाे तथ्याङ्क छ । अहिलेसम्म कुल पिसिआर परिक्षणको संख्या २ लाख ६६ हजार ६ सय ५७ पुगेको छ । हालसम्म काेराेनाबाट कुल मृत्यु हुनेकाे संख्या ३५ पुगेको छ ।
मन्त्रालयका अनुसार भोजपुर, सोलुखुम्बु, धनकुटा, मुस्ताङ र हुम्लामा एक जना पनि सङ्क्रमित छैनन् । यी जिल्लामा यसअघि सङ्क्रमित भेटिए पनि सङ्क्रमण पुष्टि भएका सबै निको भएर डिस्चार्ज भएकाे मन्त्रालयले जनाएको छ ।