काठमाडौं– काठमाडौं उपत्यकाका दुई जिल्लामा बुधबार थप २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं जिल्लामा १६ र ललितपुरमा ७ जनामा काेराेना संक्रमण देखिएकाे बताए।
यसअघि मंगलबार काठमाडौं उपत्यकामा २८ जनामा कोरोना संक्रमण देखिएको थियो।