काठमाडौं– नेपाल एयरलाइन्सका थप चार जना उडान कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ।
एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार पाटन अस्पतालमा गरिएको परीक्षणमा एक जना पाइलट र तीन जना उडान कर्मचारीमा कोरोना भाइरस पुष्टी भएको हो।
होटल सोल्टीमा क्वारेन्टिनमा बस्दै आएका उनीहरुमा कोरोना पोजेटिभ देखिएपछि हाल उनीहरुलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लाने तयारी गरिएको छ।
यसअघि पनि एयरलाइन्सका तीन जना पाइलटसहित नौ जनामा संक्रमण पुष्टि भएको थियो।