नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार ‘इनफ इज इनफ’ अभियान चलाइरहेका युवालाई भेट्न पुगे । अभियानअन्तर्गत सरकारविरुद्ध अनशन बसिरहेका युवालाई भेटेर देउवाले समर्थन मात्रै जनाएनन्, आन्दोलनमा साथ दिने प्रतिबद्धतासमेत व्यक्त गरे ।
प्रमुख प्रतिपक्षी दलले सरकारविरुद्धको अभियानमा समर्थन जनाउनु स्वाभाविक हो । तर, विषय यो हो कि, किन सरकारको आलोचना गर्न कांग्रेसलाई अरू कसैले आन्दोलन गरिदिनुपर्छ ?
भाषणैपिच्छे सरकार ‘अधिनायकवादी भयो’ भन्नुबाहेक कांग्रेसको प्रतिपक्षी भूमिका निरीह छ । अरूले निर्मला हत्या प्रकरणबारे आन्दोलन गरिदिए कांग्रेसका नेता प्रतिबद्धता जनाउँछन्, जहाँ न्यायको कुरा कम र सरकारको विरोध ज्यादा हुन्छ ।
गोविन्द केसी कहिले अनशन बस्लान् अनि सरकारको विरोध गर्न पाइएला भनेर कुरेर बस्छ, कांग्रेस । यी त केही उदाहरण मात्रै हुन् । कांग्रेसले मुद्दागत हिसाबमा सरकारमाथि टिप्पणी गर्न सकेकै छैन । सरकारका ‘झुर काम’को विरोध गर्न पनि कांग्रेस लर्बराउँछ ।
यो पनि पढ्नुहोस्– पार्टीको टाउको ठूलो, शरीर सानो हुँदै गइरहेको छ : मीनेन्द्र रिजाल
कांग्रेस सरकारका कतिपय कामको सुरुमा औधी विरोध गर्छ । प्रतिपक्षी भएपछि विरोध गर्नैैपर्छ भन्ने लागेर कतिपय गर्नै नपर्ने कामको पनि विरोध गर्छ । अझ रोचक पक्ष, सुरुमा कुर्लेर विरोध गर्छ, पछि लत्रक्क पर्छ । किनकि, जुन प्रकरण उठाइए पनि विगतमा कांग्रेस त्यसमा मुछिएकै हुन्छ ।
कांग्रेस सरकारका कतिपय कामको सुरुमा औधी विरोध गर्छ । प्रतिपक्षी भएपछि विरोध गर्नैैपर्छ भन्ने लागेर कतिपय गर्नै नपर्ने कामको पनि विरोध गर्छ । अझ रोचक पक्ष, सुरुमा कुर्लेर विरोध गर्छ, पछि लत्रक्क पर्छ । किनकि, जुन प्रकरण उठाइए पनि विगतमा कांग्रेस त्यसमा मुछिएकै हुन्छ ।
कांग्रेसलाई ‘नफापेका काण्ड’
प्रतिपक्षीको हैसियतले सुरु सुरुमा उसले वाइडबडी प्रकरणमा निकै आवाज उठायो । सदनदेखि सडकसम्म आन्दोलन गर्यो । जब काण्डमा कांग्रेस सभापति देउवा जोडिए, मुद्दा नै झिसमिस भयो ।
बालुवाटार जग्गा प्रकरणमा त कांगेसले रमिता नै देखायो । सुरुमा बेसरी तातेर सरकारको विरोध गर्यो । जब तत्कालीन भैतिक योजनामन्त्री विजयकुमार गच्छदारको नाम जोडियो, कुरो सेलायो ।
सुन काण्डमा पनि कांग्रेस कमजोर भयो । उसले यो विषयलाई पनि मुद्दा बनाएर अघि बढ्न सकेन । आफू सरकारमा भएका बेला उक्त काण्ड भएकाले कांग्रेस बोल्नै सकेन ।
त्यस्तै, कांग्रेसले सांसद मोहम्द अफ्ताव आलमको मुद्दामा पनि चौतर्फी आलोचना खेप्यो । आलमलाई ज्यान मुद्दाको आरोप लाग्दा पनि कांग्रेसले उनको पक्षमा आन्दोलन गर्यो ।
नागरिक स्वतन्त्र रुपमा सडकमा आएपछि मात्रै कांग्रेस तत्कालीन समयमा सरकारले ल्याएको गुठी विधेयकविरुद्ध सडकमा देखापर्यो । अन्नतः सरकारले उक्त विधेयक फिर्ता लियो ।
यी त केही प्रतिनिधि घटना मात्रै हुन् । कांग्रेससँग खास मुद्दै छैनन् । जता भीड बढ्ला जस्तो हुन्छ, त्यतै लाग्छ । अनि त्यहाँ पनि टिक्न सक्दैन । शक्तिशाली एवं प्रभावशाली प्रतिपक्षीसँगै आन्तरिक पार्टी संगठन मजबुत बनाउन कांग्रेसलाई अहिले सुन्दर अवसर थियो । तर, कांग्रेस झनपछि झन् निष्प्रभावी हुँदै छ ।
आन्तरिक किचलोले थिलथिलो !
आन्तरिक किचलोले कांग्रेस थिलथिलो छ । थिलथिलो शरीरले अर्को शक्तिशालीलाई धक्का दिन नसक्नु स्वाभाविक हो । सभापति देउवा खेमालाई सरकार वा नेकपासित भन्दा कोइराला–पौडेल समूहसित बढी डर छ । त्यसैले देउवाको ध्यान आफ्नै पार्टी नेतालाई कसरी सिध्याउने भन्नेमा बढी केन्द्रित छ ।
भाषणैपिच्छे सरकार ‘अधिनायकवादी भयो’ भन्नुबाहेक कांग्रेसको प्रतिपक्षी भूमिका निरीह छ । अरूले निर्मला हत्या प्रकरणबारे आन्दोलन गरिदिए कांग्रेसका नेता प्रतिबद्धता जनाउँछन्, जहाँ न्यायको कुरा कम र सरकारको विरोध ज्यादा हुन्छ ।
अर्को महाधिवेशन आउने बेला हुन लाग्दा पनि अघिल्लो महाधिवेशनबाट पारित नियमअनुसार संगठन तथा विभावले पूर्णता पाउन सकेको छैन । भातृसंगठनहरुमा तनाव छ ।
अहिले सदस्यता वितरण र नवीकरणको विषयले कांग्रेसभित्र तनाव छ । आफ्नो पक्षका मान्छे ल्याउन भित्रभित्र लुछाचुँडी छ । आफूलाई प्रजातन्त्रको ठेकेदार ठान्ने कांग्रेसभित्र कुलीनतन्त्र हाबी छ । नियमभन्दा व्यक्तिवादी प्रवृत्ति बढ्दो छ । विचारका आधारमा भन्दा व्यक्ति र पहुँचका आधारमा गुट निर्माण भएका छन् । गुट, उपगुट, सहायक गुटबाट ग्रस्त कांग्रेसबाट प्रभावकारी प्रतिपक्षीको भूमिका आस गर्न सकिने स्थिति छैन । यसले सरकारलाई मनोमानी गर्न थप बल मिलेको छ ।
कांग्रेसको नेतृत्व नै भुत्ते भयो : विश्लेषक आचार्य
कांग्रेसलाई नजिकबाट बुझेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको बुझाइमा नेतृत्वको खराबीले कांग्रेस भुत्ते भएको हो । ‘कांग्रेसमा अहिले नेतृत्वको खडेरी छ,’ उनी भन्छन्, ‘कांग्रेसको अहिलेको नेतृत्वमा कुनचाहिँ मुद्दा हो भन्ने ज्ञान नै छैन ।’
अहिले प्राविधिक रुपमा मात्र कांग्रेसको सभापति र महामन्त्रीले पार्टीमा पद ओगटेको उनको बुझाइ छ । ‘उनीहरु जनता र पार्टीसँग जोडिएका छैनन्,’ उनको विश्लेषण छ, ‘यही नेतृत्वबाट कांग्रेस उँभो लाग्दैन ।’
कांग्रेस कमजोर हुनु विडम्बनापूर्ण : संविधानविद् आचार्य
सविधानविद् भीर्माजुन आर्चाय प्रतिपक्षीको भूमिका कमजोर हुनुलाई ‘दुर्भाग्यपूर्ण’ भन्छन् । उनको तर्क छ– संसदीय शासन प्रणालीमा प्रतिपक्षीलाई व्यवस्थाकै महत्त्वपूर्ण तत्त्व मानिन्छ । सरकारलाई जवाफदेही बनाउन तथा कानुन, संविधान र देशप्रति जिम्मेवार बनाउन प्रतिपक्षीको भूमिका महत्त्वपूर्ण हुन्छ । तर, कांग्रेस आफैं कमजोर छ । कमजोरले शक्तिशालीलाई कसरी तह लगाउन सक्छ ?’
‘सरकारको विरोध गर्नुपर्छ भन्ने थाहा भएको कांग्रेसको प्रतिपक्षी भूमिका फितलो मात्र देखिएन, साख गिराउँदै आचोलित भइरहेको छ ।
छुटाउनु भयो कि ? : ‘सभापतिपछिको पदमा मेरो उम्मेदवारी’