एजेन्सी– यो फोटो सन् १९३६ को १३ जुनका दिन खिचिएको हो । फोटोमा देख्न सकिन्छ, थुप्रै मानिसको बीचमा एक मानिस हात बाँधेर आरामले उभिएका छन् । यो फोटोलाई विश्वको दुर्लभ र महत्त्वपूर्ण फोटोका रुपमा लिइन्छ ।
तत्कालीन र्जामनीमा हिटलरको निरकुंश शासन हुँदा एक शक्तिशाली जहाजको उद्घाटनका क्रममा खिचिएको हो । त्यसक्रममा फोटोमा देखिए जसरी सलामी दिएका थिए । तर एक व्यक्ति भने हात बाँधेर उभिएको थिए । उनी थिए अगस्ट ल्यान्डमेसर ।
उनी त्यस समय पानीजहाज बनाउने कम्पनीमा काम गर्थे । उनले सन् १९३१ म हिटलरको पार्टी नाजीको सदस्यता लिएका थिए । पछि १९३५ मा एक यहुदी युवतीसँग विवाह गरेपछि पार्टीबाट निष्कासित भएका थिए ।
अगस्टमा हिटलरको तानाशाहबाट वितृष्णा पैदा भइरहेको थियो । आखिरमा १९३७ मा सबे छोडेर जर्मनी छोड्ने निर्णय लिएका थिए । तर उनी त्यसैबेला हिटलरको सैन्य अधिकारीबाट पक्राउ परे ।