गन्तव्य मुलुकबाट नेपाल फर्किन चाहनेको श्रमिकको संख्या ९४ हजार २ सय ३५ रहेको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को तथ्यांकमा उल्लेख छ ।
युएईबाट ३३ हजार ८ सय ९३, कतारबाट १४ हजार ३ सय ९३, साउदी अरबबाट १४ हजार, मलेसियाबाट ११ हजार ५ सय ७५ र कुवेतबाट ७ हजारको संख्यामा नेपाली स्वदेश आउन चाहिरहेका छन् ।
फर्किन चाहनेमध्येका अधिकांश कोरोना संकटपछि रोजगारी गुमाएका नेपाली धेरै छन् । त्यस्तै श्रम स्वीकृति र करार अवधि सकिएका श्रमिकहरू पनि स्वदेश फर्कन चाहिरहेका छन् ।
यस सन्दर्भमा कतिपयले त दूतावासमा राखिएको फर्मसमेत भर्न नजान्दा वास्तवमै संकटमा परेका श्रमिकको गणना हुन सकेको छैनन । त्यसैले उनीहरु स्वदेश फिर्ता हुन सकेका छैनन् । यस्ता श्रमिकलाई कोषको पैसाबाट छिटो उद्धार नगरिए ठूलो संकटमा पर्न सक्ने विज्ञहरूले आँकलन गरेका छन् ।
भाद्र ३ गतेसम्मको अभिलेख हेर्ने हो भने ८५ वटा देशबाट ३ भाद्रसम्म ५१ हजार ९ सय ६३ श्रमिक नेपाल फर्किएका छन् । सबैभन्दा बढी युएइबाट १४ हजार ४ सय ८१ ,साउदीबाट अरब ७ हजार ८ सय १७, मलेसियाबाट ७ हजार ७ सय ९५, कुवेतबाट ६ हजार ३ सय २९ र कतारबाट ६ हजार १ सय ९१ नेपाल फर्किएका छन् ।
आउन बाँकी रहेका श्रमिकको संख्या ४२ हजार २ सय ७२ रहेको छ । युएइबाट आउन आवेदन भरेर छनोटमा परेका श्रमिकको संख्या सबैभन्दा बढी अर्थात १९ हजार ४ सय १२ रहेको छ । कतारबाट ८ हजार ७ सय २५, साउदीबाट अरब ६ हजार १ सय ८३, मलेसियाबाट ३ हजार ७ सय ८० र कुवेतबाट ६ सय ८० नेपाली स्वदेश आउन चाहेका छन् ।
फर्किने नेपालीको संख्या भने सबैभन्दा बढी बागमती प्रदेशमा रहेछ छ । यस प्रदेशका १४ हजार ४ सय ७१ नेपाली फर्किएका छन् । त्यसपछि प्रदेश नं २ का १० हजार ९ सय ६१ नेपाली फर्किएका छन् ।
प्रदेश नं ५का ८ हजार ६ सय ५५, गण्डकीका ६ हजार ७ सय ४५, सुदूरपश्चिमका १ हजार ३ सय ३३ र कर्णालीका १ हजार १ सय ८४ नेपाली फर्किएका छन् । यसरी नेपाली फर्किनका लागि सबै भन्दा बढी नेपाल र हिमालय एयरलाइन्सका उडान प्रयोग भएका छन् ।
यस सम्बन्धी थप रिपोर्ट पढ्नुहोस्–
आफ्नै देश आउन किन यति गाह्रो ?
खुले बन्द भएका उडान, कतारको भने बाँकी
किन काम लागेन उद्धार कोष ?
के छ उद्धार निर्देशिकामा ?