कोरोना संक्रमण देशैभर बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाइरहेको छ । यस सन्दर्भमा स्थानीयस्तरमा कोरोना रोकथाममा गरिएको पहलका सन्दर्भमा मेयरहरुसँग नेपाली पब्लिकले गतसातादेखि कुराकानी गरिरहेको छ । पूर्वका नगरपालिकाका मेयरहरुहरुले दिएका जानकारी आजको ‘प्रतिनिधि’ स्तम्भमा । – सम्पादक
पूर्वको सीमावर्ती महानगरपालिका विराटनगरमा संक्रमण नियन्त्रण गर्न पछिल्ला दिनमा आफ्नै पहलमा आइसोलेन सेन्टरको समेत स्थापना गरेको छ । २० लाखभन्दा बढी जनसंख्या भएको यहाँ संक्रमण नियन्त्रणमा प्रदेश र संघीय सरकारबाट यथेष्ट सहयोग माग गरेको छ । यिनै सन्दर्भमा महानगरपालिकाका मेयर भीम पराजुलीसँग नेपाली पब्लिककी शकुन्तला जोशीले गरेको अन्तर्वार्ताको सार:
तपाईको महानगरपालिकाको संक्रमणको अवस्था के छ ?
विराटनगरभित्र ९ सयभन्दा बढी संक्रमित छन् । ११ जनाको मृत्यु भइसकेको छ । एकजना दुर्घटनामा परेका विरामी संक्रमणका कारण जोखिममा छन् । पहिले संक्रमणको दर समुदायस्तरमा फैलिएको थियो । पूरै चेन ब्रेक भएको छैन, तर विस्तारै अहिले कम भएको छ ।
परीक्षणको दायरा बढाइएको छ । हामीले निजी स्तरबाटै स्रोत जुटाएर कोशी अस्पतालमा पिसिआर मेशिन जडान गरेका छौं । त्यसको लागि मैले एक वर्षको सेवा सुविधाबाट ५ लाख रुपैयाँ प्रदान गरें । यहाँका समाजसेवी, उद्यमी व्यवसायी सबैको सहयोगबाट ७२ लाख रुपैयाँ जम्मा भएको छ ।
मेशिन राखेपछि यसअघि ५/६ दिनमा मात्रै आउने रिपोर्ट आजको भोलि आउँछ । त्यस्तै आरएनए एक्ट्य्राक्ट मेशिन ल्याउन लाग्दै छौं । नगरपालिकाको कोषबाट खरिद गरेको भए कानूनी प्रक्रियाअन्तर्गत एक÷डेढ महिना लाग्ने थियो । अहिले १ सय ५० बेडको आइसोलेसन सेण्टर तयार गरी होम आइसोलेसनमा रहेका संक्रमितलाई सारिएको छ ।
लकडाउनको अवस्था कास्तो छ ?
पहिलो चरणमा साउनको १६ देखि २० गतेसम्म लकडाउन गरियो । त्यसपछि एक हप्ता गरियो । त्यसपछि पाँच दिन पूरै बन्द गरियो । हाल पछिल्लो पाँच दिन १२ बजेसम्म बजार खोल्ने त्यसपछि सबै बन्द गरिएको छ । यसले एउटा चेन ब्रेक हुन्छ ।
आइसोलेसनको व्यवस्थापन कसरी गरिएको छ ?
स्थानीय सरकारसँग क्वारेन्टीन राख्ने र कन्ट्य्राक टे«सिङ मात्रै गर्न पाउने अधिकार थियो । आइसोलेसन चाहिँ प्रदेश सरकार मातहत बन्नु पर्ने ‘प्रोटोकल’ छ । प्रदेश सरकारले बनाएन । होम आइसोलेसनमा राख्दा झन् भयावह अवस्था भयो । अरुको मुख ताक्नुको सट्टा हामी आफैंले बनाएका हौं ।
विराटनगरका अतिथि सदन, जैन भवन, बैजनाथपुर, मारवाडी सेवासमिति लगायतका भवनहरुलाई प्रयोग गरेका छौं । यी भवन अट्याच्च शौचालयको सुविधासहितका छन् । होटल एसियाटीकलाई पेइङ आइसोलेसन बनाएका छौं । हाम्रै समन्वयमा विराट हस्पिटलमा ६५ बेड र न्यूरो हस्पिटलमा ४० बेडको आइसोलेसन बेड सुचारु गरिएको छ । यी निजी हस्पिटलमा भ्यान्टिलेटरसहितको उपचारको समन्वय गरिएको छ । कुनै अर्को पब्लिक भवनमा थप ५० बेडको आइसोलेसन बेड थप्ने तयारी पनि गरिरहेका छौं ।
महानगरपालिकामा अहिले ५ सय भन्दा बढी होम आइसोलेसनमा हुनुहुन्छ । उहाँहरुमध्ये आफ्नै घरमा व्यवस्थापन गर्न सक्ने बाहेकका संक्रमितलाई यी संस्थागत आइसोलेसनमा राख्ने तयारी गरेका छौं । वडा तथा महानगरपालिकाका प्रतिनिधिको स्वास्थ्य संक्रमितहरुलाई हाम्रै तर्फबाट रोगप्रतिरोधी शक्तिवद्र्धक भिटामिन, पौष्टिक खाना गुर्जो लगायतका आयुर्वेदिक औषधी वितरण गरिन्छ । म आफ्ना नागरिकको जीवनको रक्षाका लागि हरसंभव प्रयासमा छौं ।
महानगरपालिकाकै पहलमा आइसोलेसन सेण्टर स्थापना भएपछि कतिको प्रभावकारी भएको छ ?
यसअघि संक्रमणको लक्षण देखिएर पिसिआर परीक्षण गर्न जाँदा प्रदेश र संघको कोभिड सेण्टरबाट रिपोर्ट दिन ६ दिन कम्तिमा पर्खिनु पथ्र्यो । पिसिआर नेगेटिभ नभइकन निजी अस्पतालले नलिने, यता रिपोर्ट आउन एकहप्ता लागेपछि संक्रमित जीवन र मृत्युको दोसाँधमा पुग्ने भयो । जबकि दुईदेखि आठ घण्टामा हामी पिसिआरको परीक्षण गर्न सक्छौं । अहिले दिनमा २ सयभन्दा बढीका पिसिआर जाँच भइरहेको छ । साउन १६ देखि यता ३ हजार ५ सयभन्दा बढीको जाँच भइसकेको छ ।
यो प्रदेशका लागि कम्तिमा ५० देखि १ सय ओटा भेन्टिलेटर सुविधाको आवश्यक छ । हाल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १० ओटा भेन्टीलेटर छन् । प्रतिष्ठानका उपकुलपतिसँग यसबारे छलफल भएको छ । उहाँहरुले चाँडै यो सुविधा थपेर जनताले सेवा पाउनेमा हामी आशावादी छौं ।
लकडाउनका बेला राहत दिने व्यवस्था कस्तो छ ?
अघिल्लो पटकको लकडाउनका बेला महानगरपालिकाले ३ करोड रुपैयाँको कोरोना राहत कोष स्थापना गरेको थियो । त्यसमध्ये प्रदेश सरकारले जम्मा २० लाख रुपैयाँ दिएको थियो । दैनिक मजदुरी गर्ने वर्गलाई पर्ने अप्ठ्यारोलाई ध्यानमा राखेरै लकडाउनलाई अलिकति खुुकुलो पारिएको छ ।
यो औद्योगिक क्षेत्र पनि भएकाले उद्योगधन्धा, कलकारखानालाई पनि सुरक्षा विधि कडाईकासाथ अपनाएर सञ्चालन गर्ने अनुमति दिइएको छ । ती क्षेत्रमा स्थानीय मजदुरलाई मात्रै काम गर्ने अनुमति छ । विस्तारै निर्माणको कामलाई पनि यसरी नै सञ्चालन गर्ने अनुमति दिन्छौं । संक्रमणको चेन ब्रेक गर्न अहिले केही समयलाई ‘सटडाउन’ गरिएको हो । यसकारण यहाँ भोकै मर्ने अवस्थामा कोही पुगिहालेको छैन ।
यदि भोलि संक्रमण अझै बढ्यो र लकडाउन कडा गर्नु पर्ने अवस्था आएमा महानगरपालिकाले आह्वान गरेको छ कि आर्थिक रुपमा सबल हुने परिवारले नहुने परिवारलाई सहयोग गरौं ।
प्रदेश र संघीय सरकारसँगको समन्वय के कस्तो छ ?
पिसिआर टेस्टको तीव्रताका विषयमा प्रदेश र संघ सरकारसँग पटकपटक छलफल र अनुरोध पनि भयो । तर सुनुवाई नभएपछि मैले दुःख र आक्रोश व्यक्त गरेको पनि हो । हामीकहाँ सबै कुरालाई राजनीतिकरण गर्ने प्रवृत्ति छ, जनताको जीवनसँग राजनीति नगरौं भन्ने मेरो कुरा हो । तर यस्तो बेला धेरै गुनासो वा रिसराग गर्ने भन्दा हातेमालोको जरुरी छ ।
राहतका लागि पनि प्रदेश वा संघ खास सहयोग आएको होइन । यहीका नागरिक समाजको पहलमा काम भए । त्यसकारण अहिले आर्थिक रुपमा हामी थ्याङथिलो हुने अवस्था छ । तर, हामी जनताको जिम्मेवारीबाट पन्छिदैनौं । विकास बजेट काटेर भएपनि नागरिकको जीवन रक्षा गरिनेछ । तर, स्रोतको अवस्थामा समस्या परिरहेको छ । जनतालाई प्रत्यक्ष सेवा दिने स्थानीय सरकार नै स्रोत साधन सम्पन्न बनाइदिने हो भने सजिलै कोरोनालाई परास्त गर्न सकिन्छ भन्ने हाम्रो राय हो ।
सीमा नाकामा प्रवेशमा कडाई गर्ने कुरामा के छ ?
८ किलोमिटर लामो खुला सीमा भएको हुँदा अहिले पनि नाकामा कडाई कम छ । तर कडाई गर्न सकिने ठाउँ छन् । त्यसो हुन सके इन्टीग्रेटेड चेकपोष्टबाट दैनिक डेढ सयदेखि २ सयको हाराहारी मालबाहक ढुवानी साधन भित्रिन्छन् । भारतमा संक्रमण अत्यन्त बढेको छ । त्यसकारण नाकालाई पूरै कडा गरेर वैधानिक तवरले मान्छे भित्राउने, अहिले त्यो प्रभावकारी कडाई नगर्दा संक्रमण बढेको हो ।
खुला सीमा हुँदै भारतीय श्रमिकहरु यहाँका उद्योगधन्धामा मजदुरी गर्न आउन पनि सक्छन् । त्यसरी आएकैले सुरुमा भाइरस ल्याएको हो । अलिक समय अघि ४१ जना संक्रमित भएको हाम्रो महानगरमा अहिले त्यत्रो संख्यामा बढे । संक्रमणको मूल स्रोत खुला सिमाना हो ।
सीमा हेर्ने क्षेत्राधिकार प्रदेश सरकारलाई हुन्छ । हामीले उहाँहरुलाई सीमाना कडाई गर्नेबारे अनुरोध गरेका छौं । अहिले सम्म सशस्त्र प्रहरी सीमा सुरक्षामा खटिएको हुन्छ । संक्रमणकाल भरीका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र तेस्रो तहमा नेपाली सेनालाई पनि सुरक्षामा खटाउन सके प्रभावकार हुन्थ्यो भन्ने लाग्छ । सेनालाई बोर्डरमै नभएर हाम्रै क्षेत्रभित्र राख्न त सकिन्छ । यो सुरक्षा संयन्त्र देशभरिको सीमानाकामा राख्न सके संक्रमण नियन्त्र हुनसक्छ । अहिले कम मात्रै भएको छ । नियन्त्रणमा छैन ।
प्रदेश १ का अरु नगरपालिकाका मेयरहरुका कुरा पनि सुनौं
महामारी रोक्न हामीसँग जादुको छडी छैन- राजन मेहेता, इनरुवा नगरपालिका
प्रदेशले हाम्रो प्रस्ताव स्विकारेन, भद्रपुरबाट समयमा रिपोर्ट आउँदैन- रोमनाथ ओली, दमक नगरपालिकाका
पाँच दिनमा आउने कोरोना रिपोर्ट एकैदिनमा- भीम पराजुली, विराटनगर महानगरपालिका
विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आवश्यक भूमिका खेल्न सकेन- तिलक राई, धरान नगरपालिकाका
हाम्रो स्रोतले मात्रै धान्न सक्ने स्थिति छैन- इटहरी उपमहानगरपालिका, द्वारिकालाल चौधरी