कोरोना संक्रमण देशैभर बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाइरहेको छ । यस सन्दर्भमा स्थानीयस्तरमा कोरोना रोकथाममा गरिएको पहलका सन्दर्भमा मेयरहरुसँग नेपाली पब्लिकले गतसातादेखि कुराकानी गरिरहेको छ । पूर्वका नगरपालिकाको मेयरहरुले दिएका जानकारी ‘प्रतिनिधि’ स्तम्भमा । – सम्पादक
कोरेना नियन्त्रणमा प्रदेश र संघीय सरकारबाट सहयोग नपाइरहेको विभिन्न स्थानीय निकायको गुनासो आइरहेको बेला इनरुवा नगरपालिका सहजै सहयोग पाएको बताइएको छ । यिनै सवालमा मेयर राजन मेहेता यसो भन्छन्-
सुरुमा संक्रमण स्थानीयमा खासै थिएन, एक हप्ता अगाडि ४ जनालाई थियो । बाहिरबाट आएका कर्मचारीबाट समुदायमा संक्रमित भएका पाइन्छ । चारदिन अगाडिसम्मको रिपोर्टअनुसार ६५ जना संक्रमित पुगे । कोरोनाको कारण अहिलेसम्म कसैले ज्यान गुमाउनु परेको छैन ।
एउटा अढाइ महिनाको बच्चालाई लागेको छ । घरमै उपचार हुँदैछ । विभिन्न ठाउँबाट सरुवा भएर आएको २५ प्रहरी मध्ये १६ जना संक्रमित देखियो । उहाँहरुलाई एकैठाउँ राखिएको छ । यो भन्दा अगाडिको प्रमुख जिल्ला अघिकारी (प्रजिअ) पटक्कै समन्वय नगर्ने खालको थियो । समस्या थियो । अहिले आएका प्रजिअले राम्रो समन्वय गरिरहेका छन् ।
प्रशासन र स्थानीय सरकारको राम्रो समन्वयमा सुनसरी जिल्लाको १२ ओटै स्थानीय तहमा नियन्त्रण गर्ने प्रयास भइरहेको छ । त्यति हुँदाहुँदै पनि एक हप्तामै संक्रमण ह्वात्तै बढेपछि अहिले सामाजिक दुरी कायम गर्ने, बाहिरी आवातजावत रोक लगाइएपछि संक्रमणको दर यति मात्रै भएको हो ।
मोरङ, झापाको तुलनामा सुनसरी बढी सुरक्षित र कम नै छ । छिमेकको गढी गाउँपालिकास्थित चौधरी समूहको चाउचाउ फ्याक्ट्रीमा कार्यरत मजदुर जो इनरुवा नगरपालिका वडा नं. १, ५ र ६ मा भाडामा बस्छन्, प्रहरी बाहेकको आधा संक्रमण उनीहरुमा देखियो । हाल ती संक्रमित आइसोलेसन उपचाररत छन् । हाम्रोबाट ३ जना विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि राखिएको छ ।
- अहिलेसम्म कीट लगातय साधन किन्न हाम्रो खर्च भएको छैन । प्रदेश सरकारलाई हामीमाथि कुन किसिमको दया लागेको हो थाहा भएन, अहिलेसम्म ३ हजार कीट दिएको छ ।
उक्त अस्पतालमा कोरोनाकै कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ । शवबहान चाहिँ नगरपालिकाले व्यवस्था गर्ने छ । तर, हालसम्म त्यस्तो दुःखद अवस्था हाम्रो नगरपालिकाले व्यहोर्नु परेको छैन ।
यसको रोकथामका लागि राज्यले अपनाएका सबै विधि हामीले जनतासमक्ष पु¥याएका छौं । राज्य सबैका लागि बराबर हो, राज्यले बनाएका नीतिलाई जनताले मानिदिन म अनुरोध गर्छु । यो महामारी रोक्न जनताको संयम नै सबभन्दा ठूलो आधार हो । नभएको हामी कसैको हातमा जादुको छडी छैन, प्रयत्न सबैले गरौं ।
यो नगरपालिकामा अनुमानित डेढ लाखभन्दा बढी जनसंख्या छ । दुई हप्तादेखि प्रत्येक वडाबाट २ सयदेखि ३ सय जनासम्मको दैनिक र्यान्डम पीसीआर टेष्ट गराउँदै छु । अहिलेसम्म कीट लगातय साधन किन्न हाम्रो खर्च भएको छैन । प्रदेश सरकारलाई हामीमाथि कुन किसिमको दया लागेको हो थाहा भएन, अहिलेसम्म ३ हजार कीट दिएको छ । तर गुनासो मात्रै गरेर हुँदैन । आफैंले पनि केही गर्नुपर्छ । यो बेला हामी सबै पार्टी राजनीतिभन्दा माथि उठेर जनताको जीवन बचाउन लाग्नु पर्छ ।
हाम्रो नगरपालिकाको सवा अर्ब रुपैयाँ जतिको बजेट छ । जनताको जीवन रक्षाको लागि यदि आवश्यकता प¥यो भने जम्मै रकम खर्चिन पनि मेरो संयन्त्र तयार छ । यस अघिको लकडाउनमा नगरपालिकाका ९ हजार घरपरिवारलाई ८३ लाख रुपैयाँ बराबरको खाद्यन्न राहत वितरण गरिएको हो । अब पनि कोही भोकै परेको खण्डमा हामी तयार छौं । (कुराकानीमा अधारित
प्रदेश १ का अरु नगरपालिकाका मेयरहरुका कुरा पनि सुनौं
महामारी रोक्न हामीसँग जादुको छडी छैन- राजन मेहेता, इनरुवा नगरपालिका
प्रदेशले हाम्रो प्रस्ताव स्विकारेन, भद्रपुरबाट समयमा रिपोर्ट आउँदैन- रोमनाथ ओली, दमक नगरपालिकाका
पाँच दिनमा आउने कोरोना रिपोर्ट एकैदिनमा- भीम पराजुली, विराटनगर महानगरपालिका
विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आवश्यक भूमिका खेल्न सकेन- तिलक राई, धरान नगरपालिकाका
हाम्रो स्रोतले मात्रै धान्न सक्ने स्थिति छैन- इटहरी उपमहानगरपालिका, द्वारिकालाल चौधरी