कोरोना संक्रमण देशैभर बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाइरहेको छ । यस सन्दर्भमा स्थानीयस्तरमा कोरोना रोकथाममा गरिएको पहलका सन्दर्भमा मेयरहरुसँग नेपाली पब्लिकले गतसातादेखि कुराकानी गरिरहेको छ । पूर्वका नगरपालिकाको मेयरहरुले दिएका जानकारी ‘प्रतिनिधि’ स्तम्भमा । – सम्पादक
कोरोनाको महामारी फैलिदै जाँदा इटहरी उपमहानगरपालिका जनता भोकमरीले पनि आक्रान्त हुनेमा सजग छ । अघिल्लो लकडाउनमै २१ हजार घरघुरीलाई राहत वितरण गरिसकेको उपमहानगरपालिका अब भने दाताहरुसँग हात फैलाउनु पर्ने अवस्थामा पुगेको छ । संक्रमण नियन्त्रण र यिनै सवालमा मेयर द्वारिकालाल चौधरी यसो भन्छन्-
मेरो उपमहानगरपाकिलामा १ सय १० जना संक्रमित देखिएका छन् । लक्षण नदेखिएकाहरुलाई होम आइसोलेसनमै राखेका छौं । कतिपय आइसोलेसन सेन्टरमा पनि हुनुहुन्छ । यहाँ शुरुमा सरकारी कर्मचारीमा संक्रमण देखियो । जनप्रतिनिधिहरुमा चाहिँ देखिएको छैन । जनसम्पर्क बढी हुने किराना, तरकारी, फलफूल पसलेहरुमा देखियो ।
- यो क्वारेन्टान सञ्चालन पनि निकै खर्चिलो हुने रहेछ । त्यसलाई हामीले नियमित गरेर धान्न सक्ने स्थिति रहेन । नेपाल सरकारकै नीति अनुसार अहिले होटल र होम क्वारेन्टाइन सञ्चालनमा छ ।
हामीले साउन १४ गतेदेखि दैनिक स्वाब कलेक्सन गरेर पीसीआर टेष्ट गरिरहेका छौं । अहिलेसम्म ३ हजार जनाको परीक्षण गरिसक्यौं । अहिले प्रत्येक दिन १ सय जनाको भइरहेको छ । भिडिए (भाइरल ट्रान्स्पोर्ट मिडिया) र पिपिई प्रदेश सरकारले सहयोग गरिरहेको छ । नपुगेका हामी आफैं पनि व्यवस्था गरिरहेका छौं । माग धेरै भएकाले होला प्रदेश र संघीय सरकारबाट भनेजस्तो सहयोग हुन सकेको छैन । महामारीको रोक्न, प्रतिरोध गर्न अलिकति समयमा हामी तयारी हुन नसकेको हो भन्ने लाग्छ ।
अघिल्लो लकडाउनका बेला हामीले जनता बहुमुखी क्याम्पस इटहरीमा १ सय बेडको क्वारेन्टाइन सञ्चालन गरेका थियौं । यो क्वारेन्टान सञ्चालन पनि निकै खर्चिलो हुने रहेछ । त्यसलाई हामीले नियमित गरेर धान्न सक्ने स्थिति रहेन । नेपाल सरकारकै नीति अनुसार अहिले होटल र होम क्वारेन्टाइन सञ्चालनमा छ । अहिले प्रदेश सरकार र सुनसरीको प्रजिअसँगको छलफल अनुसार इटहरी रंगशालामा आइसोलेसन सेन्टरका लागि पूर्वाधार तयार हुँदै छ । त्यो १ सय क्षमताको बनाउने लक्ष्य लिए पनि तत्काल ५० बेड तयार हुने छ ।
हामी जनतालाई जसरी पनि बचाउनु पर्छ भनेर लागिरहेका छौं । यसका लागि चाहिने खर्च विपत व्यवस्थापन कोषबाट खर्च गर्ने छौं । तर, यति लामो समयदेखि आर्थिक स्रोतहरु बन्दप्रायः छन्, त्यसकारण स्थिति निकै भयावह छ अबको । अब हाम्रो स्रोतले मात्रै धान्न सक्ने स्थिति छैन । तर, भोलि जनता भोकै परेको अवस्थामा हामी विभिन्न उद्योगी, व्यवसायी, उद्योग वाणिज्य संघलगायत दात्तृसंस्थाहरुसँग सहयोगको लागि जानु पर्ने हुन्छ ।
संघीय सरकारले निर्णय गर्नुअघि नै हामीले राहत दुई चरणमा २१ हजार घरपरिवारलाई वितरण ग¥यौं । यो व्यवस्थापन गर्न साह्रै चुनौतीपूर्ण छ । त्यो बेला हामीले १० हजार घर परिवारको अनुमान गरेकोमा थप ११ हजारको माग आयो । यो बेला मजदुर वर्गमात्र नभई यो विपतमा मध्यम वर्ग भनिएकाहरु पनि अप्ठ्यारोमा छन् । (कुराकानीमा आधारित)
प्रदेश १ का अरु नगरपालिकाका मेयरहरुका कुरा पनि सुनौं
महामारी रोक्न हामीसँग जादुको छडी छैन- राजन मेहेता, इनरुवा नगरपालिका
प्रदेशले हाम्रो प्रस्ताव स्विकारेन, भद्रपुरबाट समयमा रिपोर्ट आउँदैन- रोमनाथ ओली, दमक नगरपालिकाका
पाँच दिनमा आउने कोरोना रिपोर्ट एकैदिनमा- भीम पराजुली, विराटनगर महानगरपालिका
विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आवश्यक भूमिका खेल्न सकेन- तिलक राई, धरान नगरपालिकाका
हाम्रो स्रोतले मात्रै धान्न सक्ने स्थिति छैन- इटहरी उपमहानगरपालिका, द्वारिकालाल चौधरी