नेपाल आइडल सिजन ३ मा आएर पहिलो पटक महिलाले उपाधि जित्न सफल भए । सज्जाको रक पप र भर्सटायल गायकी धेरैले रुचाए । उनको प्रस्तुति र बोल्ड स्वरको हरेक कार्यक्रममा प्रशंसा हुने गर्छ ।
उनी काठमाडौंमा रहेका लाउन्जहरूमा लाइभ गीत गाउने गर्थिन् । ‘दी लोडिङ’ ब्यान्डमा संलग्न सज्जा कलेज पढ्दै लाइभ गीत गाउँथिन् । पहिलो महिला नेपाल आइडल भएपछि आफूमा थप जिम्मेवारी बढेको महशुश गरेकी छिन् । प्रस्तुत छ उनीसँग गरिएको कुराकनी संक्षिप्तमा –
नेपाल आइडियलको अन्तिम मञ्चमा गाइरह“दाको अनुभव कस्तो थियो ?
हामी तीनैजना टाइटल होल्डर नै हो भन्ने सोचलाई मनमा राखिसकेको थिए“ । हरेक प्रतियोगी एक से एक भएकाले आफू नै विजेता बन्नेमा ढुक्क भने थिइन । गीत गाइरह“दा दर्शक, स्रोतोको आशा, विश्वास र मायालाई मैले न्याय गर्न सक्छु कि सक्दिन होला, कि।हेको छु बि छैन होला भन्ने लागेको थियो ।
जित्छु भन्ने आशा चाहिं कतिको थियो ?
आशाभन्दा ममा आत्मविश्वास चाहीँ थियो । मैले जित्न पाए हुन्थ्यो भन्ने चाहना त सबैको नै हुन्छ नि, मेरो पनि थियो ।
टाइटल जितेपछि के के चुनौतीहरु थपिएको महशुश गर्नुभयो ?
मलाई जति विश्वास गर्नुभयो, त्यसलाई कायम राख्न मैले धेरै नै मेहनत गर्नुपर्छ । गायनमा फरक र बेस्ट दिदैं जानसक्नु पर्छ भन्ने ममन गरेको छु ।
अहिले त गीतको अफरहरु पनि टन्नै आइरहेको छ होला ?
पक्कै पनि नेपाल आइडल भएपछि धेरै संगीतकार, एरेञ्जरहरुले गीत गाउने अफरहरु दिइरहनुभएको छ । तर म गीतको क्वालिटीलाई पनि ध्यान दिने प्रयासमा छु । सुरुको लकडाउन अवधिमा मेरो ३ वटा गीत रेकर्ड भएको पनि छ ।
कस्ता गीतहरु गाउनु भयो ?
मेरो किसिमको भन्दा कमर्सियल गीतहरु गाए“ । आफ्नो रुचीको भन्दा अन्य धारका गीत पनि गाउन सक्नुपर्छ भन्ने मलाई लाग्छ ।
अवको प्लान के के छन् त ?
गीतसंगीतलाई नै निरन्तरता दिएर स्थापित गायिकाको रुपमा दर्शक, स्रोता माझ आउने प्लान छ । नेपाल आइडलको उपाधिलाई उत्साहको रुपमा लिएको छु । सँगे यसले करिअरको बाटो अझ फराकिलो भएको छ । योजनावद्ध भएर आफ्नो शैलीका गीतहरुलाई प्राथमिकता दिएर अघि बढ्छु । अव संगीत नै मेरो मुख्य क्षेत्र हुने छ, साइडमा फेसन डिजाइनि¨लाई पनि लाने सोच चाहीँ छ ।
संगीतप्रतिको लगाव कसरी भयो ?
सानोमा गीतहरु त गाउ“थे, तर गायिका बन्ने सोच कहिल्यै भएन । सबैले तिम्रो स्वर राम्रो छ भन्थ्यो तर मलाई फेसन डिजाइनर बन्ने रहर थियो । प्लस टुमा म्यानेजमेन्ट गरेपछिको ग्यापमा मैले गायनलाई निरन्तरता दिन थालें । परिवारलाई पनि सहयोग हुन्छ र आफूलाई खर्च पनि टर्छ भनेर लाउञ्जहरुमा गाउन थालें । गायनमै अगाडि बढ्छु भन्ने त थिएन तर लाइभ गायन र नेपाल आइडलले गायनबाट अलग हुन नसक्ने बनायो ।
तपाईंको गायकवाट बढी प्रभावित हुनुहुन्छ ?
म धेरै गायक गायिकावाट प्रभावित छु । मलाई रक, पप मनपरे पनि सबैजसो गीतहरु सुनेर रमाउछु । हरेक खाले गीतहरुले फरक फरक प्रभाव पारि रहेको हुन्छ । मलाई अग्रज सबै गायक गायिकाहरु उत्तिकै आइडियल हुन् ।
अरु विजेताको कुरा पनि सुन्नुहोस्-
- घर छाडेर गीतसंगीत रोजेको फस्ट रनर अप प्रवीण
- भैंसी चराउँदा दाइको गीतबाट प्रभावित किरणकुमार
- कोरोना कहरबीच नेपाल आइडलको रोमाञ्चक समापनपछि ...