यसको मूल सामाग्री पढ्नका लागि यस लिंकमा जानुहोस् । ‘भाइरसभन्दा भयले मान्छे रोगी, उपचार हुन्छ नआत्तिनुस्’
कोभिड १९ कोरोना संक्रमणको आतंक फैलिरहेको बेला विश्वभरी विभिन्न तर्कवितर्क भइरहेको छ । पछिल्लो समय धेरे विद्धानहरुले कोरोनालाई जति हो त्योभन्दा बढी ठूलो देखाएर आतंक फैलाइरहेको आरोप र दावीहरु प्रशस्तै आउन थालेको छ यसैबेला नेपालमा आयुर्वेद आइसोलेसनमा सात दिनमै कोरोना निको भएर बिरामी घर पनि फर्के । यस सन्दर्भमा आयुर्वेद र यसको प्रभावकारिताबारे नेपाली पब्लिकले नियमित सामाग्री प्रस्तुत गरिरहेको छ । यस क्रममा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अनुसन्धाता , कोरोना उपचार समितिका संयोजक डा. जितेन्द्र श्रेष्ठ भन्छन् -
कोभिड–१९ का कारण नेपालमा पहिलोपटक महिलाको मृत्यु भयो । टिचिङ हस्पिटलमा सुत्केरी गराएकी ती महिलामा महाराजगन्जबाट डिस्चार्जपछि कोरोना पोजिटिभ देखियो र धुलिखेल अस्पतालमा उपचार क्रममा निधन भयो ।
पहिलोपल्ट निधन भएकाले अस्पताल, आफन्त सबै डराएका थिए । टिचिङ अस्पतालमा रहेका गाइनो विभागका सम्भावित १४ संक्रमितलाई जेठ ३ गते यहाँ ल्याइएको थियो । पछि पछि कोभिड पोजिटिभहरू धेरै आए के गर्ने, कसरी व्यवस्थापन गर्ने ? आयुर्वेद अस्पतालमा आयुर्वेदिक औषधि त दिनुपर्यो, कुन कुन औषधि दिँदा राम्रो हुन्छ भनेर हामी विभिन्न तहमा छलफल ग¥यौं ।
छलफलबाट कोरोना संक्रमितका लागि उपयुक्त आयुर्वेदिक औषधि दिने निक्र्योल गरियो । श्वासप्रश्वासअन्तर्गत कस्ता औषधि दिने भनेर हामीले अनुसन्धान गर्यौं । हामीले सुरुमा असार २५ गते २० जना कोरोना पोजिटिभलाई भर्ना गर्यौं । म र डा. अमितमान जोशीलगायतका टिम खटियौं । पूर्वअनुमान गरेर निर्माण गरेको औषधि सबै जनामा प्रयोग गर्यौं । साथमा अरू आयुर्वेदिक खानपान र रहनसहनलाई अपनाउँदै ती बिरामीको उपचारमा ग¥यौं ।
उपचारपछि २० जनैको स्वाब परीक्षण गरेपछि रिपोर्ट नेगेटिभ आयो । यसकारण आयुर्वेदिक चिकित्सा प्रणालीप्रतिको बिरामीको विश्वास बढ्यो । त्यहाँ उपचार गरेकामध्ये तीन जना बिरामी भक्तपुर क्यान्सर अस्पतालका नर्सहरू थिए । उनीहरूले धेरैलाई आयुर्वेदिक अस्पताल र औषधिबारे बताएका छन् ।
ती बिरामी निको भएपछि यहाँ बिरामीको संख्या बढ्न थाल्यो । बेडको संख्या बढाउनैपर्नै दबाब हामीमाथि पर्यो । तालिम केन्द्रमा जम्मा २० जना राख्न सकिन्थ्यो । चिकित्सा अध्ययन केन्द्रको भवनलाई क्वारेन्टिन बनाएर कीर्तिपुर नगरपालिकाले बिरामी राखेको थियो । संयोग नै भन्नु पर्छ तीन चार दिनदेखि सो भवन खाली थियो । त्यहाँ हामीले १६५ जनाको बेड तयार गर्यौं । अहिले पहिलाको २० र १६५ गरेर जम्मा १८५ जनासम्मको क्यापासिटी छ ।
- प्रत्यक्ष रूपमा बिरामीको उपचारमा खटिँदा मुख्यतः बिरामीले मानसिक तनाब लिएको देखेँ । त्यसैले म सबैलाई अनुरोध गर्न चाहन्छु, आत्मबल बढाऔं
बिरामीलाई औषधि सँगसँगै युजिकल थेरापी, मेडिटेसन, योगा, हर्बल टी, बेसार पानी, खाना र खाजाहरूको व्यवस्था गरेका छौं । यहाँ उपचार गर्न स्वास्थ्य सेवा विभागवाट पठाएको हुनुपर्छ । यहाँ रिफर भएकामध्ये ८ जना बिरामीलाई गंगालाल, पाटन र टेकुमा पठाएका थियौं । ती बिरामीहरू हर्ट सर्जरी गरेका, एपेन्डेक्स, किड्नी डायलाइसिस गरेका बिरामीहरू हुन् ।
यहाँ आएका बिरामीले मानसिक चिन्ता बढी लिएको पाएँ त्यसैले पनि हामीले औषधिको साथमा बढी ध्यान, योग लगायत खानपानसम्बन्धी नियम बनाइदिएका छौं ।
प्रत्यक्ष रूपमा बिरामीको उपचारमा खटिँदा मुख्यतः बिरामीले मानसिक तनाब लिएको देखेँ । त्यसैले म सबैलाई अनुरोध गर्न चाहन्छु, आत्मबल बढाऔं, ७–८ घण्टा सुतौं, व्यायाम र योगा गरौं, झोलिलो खानेकुरा खाऔं, सुप, गुर्जो, बेसार, ज्वानो, अदुवा, कागतीको रस पिइरहौं । त्यस्तै, बिहान वा बेलुका नुन र बेसारले मुख कुल्ला गरौं । सादा पानीको बाफ लिऔं । यसको गर्दा इम्युनिटी पावर बढ्छ । हत्तपत्त भाइरसले छुन सक्दैन । मुख्यत: डरलाई जित्नुपर्यो ।
आयुर्वेदिक औषधि प्रणालीलाई विश्वास गरेर उपचार गराउन तयार हुनुपर्यो ।
सम्बन्धीत थप सामाग्री पढ्नुहोस्
आयुर्वेद कथाः कहाँ, कहिले, कसरी, कोबाट सुरु ?
प्रमुख आयुर्वेदीय ग्रन्थमा के छ ?
आयुर्वेदले सबैखाले स्वास्थ्य विवेचनालाई निर्देश गर्छ
नेपालकै अयुर्वेद उपचारबाट ७ दिनमै कोरोना निको
भाइरससित लड्न सक्ने गरी नै मानव शरीर बनेको छ