यसको मूल सामाग्री पढ्नका लागि यस लिंकमा जानुहोस् । ‘भाइरसभन्दा भयले मान्छे रोगी, उपचार हुन्छ नआत्तिनुस्’
कोभिड १९ कोरोना संक्रमणको आतंक फैलिरहेको बेला विश्वभरी विभिन्न तर्कवितर्क भइरहेको छ । पछिल्लो समय धेरे विद्धानहरुले कोरोनालाई जति हो त्योभन्दा बढी ठूलो देखाएर आतंक फैलाइरहेको आरोप र दावीहरु प्रशस्तै आउन थालेको छ यसैबेला नेपालमा आयुर्वेद आइसोलेसनमा सात दिनमै कोरोना निको भएर बिरामी घर पनि फर्के । यस सन्दर्भमा आयुर्वेद र यसको प्रभावकारिताबारे नेपाली पब्लिकले नियमित सामाग्री प्रस्तुत गरिरहेको छ । यस क्रममा आयुर्वेद क्याम्पस, कीर्तिपुरका सहप्राध्यापक डा. प्रमोद भट्ट भन्छन्-
रोग प्रतिरोधात्मक क्षमता मान्छेले जन्मजात नै लिएर आएको हुन्छ । यो मान्छेको उमेर अनुसार परिवर्तन हुन्छ । खानपिन, सोचविचाअनुसार पनि रोग प्रतिरोधात्मक क्षमता निर्धारण हुन्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउन तीन–चार वटा विषयमा ध्यान दिनुपर्छ । ती हुन्, आहारविहार, औषधि र सोचविचार ।
कोरोना जस्ता भाइरस पहिलेदेखि नै थिए । पहिले मानिसमा रोगसँग लड्ने क्षमता बढी हुन्थ्यो । आयुर्वेद त पहिलेदेखि जीवनको अभिन्न अंग नै थियो । जुन सुकै रोग लाग्दा होस् या घाउचोट लाग्दा जडीबुटीबाटै उपचार गरिन्थ्यो । आयुर्वेदले रोग लाग्न नै नदिने र रोग लागे पनि निको पार्ने अर्थात् समन र स्वधन गर्छ ।
नेपालमा आयुर्वेदिक औषधिबाट सात दिनमै कोरोना निको हुनु सकारात्मक इन्डिकेट हो । वैज्ञानिक समाज लगायत विभिन्न स्वास्थ्य विज्ञहरूको टिमले यस विषयमा रुचि देखाएर थप अनुसन्धान गर्नुपर्छ । यसले नेपाल जस्तो देशलाई आफँैसँग भएको जडीबुटीको प्रयोगले कम खर्चमै उपचार गराउन सहयोग पुग्छ । यस विषयमा हामी जस्ता आयुर्वेदिक चिकित्सकका साथै अन्य सरोकारवालाले उत्तिकै चासो दिनैपर्छ ।
- विदेशीहरूले जडीबुटीलाई के-के औषधिहरू बनाएर बेचिरहेका छन्, तर हामी आयुर्वेदलाई उति चासो दिँदैनौं ।
हावर्ड स्कुल अफ मेडिसिनले रोग प्रतिरोधात्मक क्षमता बढाउन र कोरोनामुक्त भएका व्यक्तिलाई पुनस्र्थापन गर्न आयुर्वेदिक चिकित्सा विधि अपनाएको छ । हामीले पनि यसलाई अचुक विधिका रूपमा प्रयोग गर्न सक्छौं । आयुर्वेदिक औषधिको कुनै ‘साइड इफेक्ट’ छैन । बरु स्वास्थ्यमा हानि पुर्याउने अरु भाइरस एवं जीवाणुलाई शरीरभित्र प्रवेश गर्न दिँदैन ।
आयुर्वेदिक ज्ञान, एक्सरसाइज, योगा, ध्यान, बगैंचा गोडमेल, हिँडडुल, सकारात्मक सोच पनि उत्तिकै आवश्यक छ । हामीले खाने नियमित दाल, भात, तरकारी, अचार एकदमै उपयुक्त छ । नुनपानीले सफा गरेको फलफूल, गुर्जोको लहरा पिसेर र अदुवा, बेसार आदि सेवन गर्नुपर्छ ।
हामीसँग उपलब्ध औषधि नै जडीबुटी हो । विदेशीहरूले जडीबुटीलाई के-के औषधिहरू बनाएर बेचिरहेका छन्, तर हामी आयुर्वेदलाई उति चासो दिँदैनौं । जति आधुनिक जीवनशैलीमा बाँचे पनि आफ्नो धरातल बिर्सनुहुन्न । कोरोना संक्रमितको उपचारका लागि नेपाली जडीबुटी उपयोगी भएको प्रमाणित भइसकेको छ । अब सरकारले आयर्वेदिक औषधि प्रयोग गर्न किन पहल नगर्ने ? यससम्बन्धी अनुसन्धानको दायरा किन नबढाउने ?
सम्बन्धीत थप सामाग्री पढ्नुहोस्
आयुर्वेद कथाः कहाँ, कहिले, कसरी, कोबाट सुरु ?
प्रमुख आयुर्वेदीय ग्रन्थमा के छ ?
आयुर्वेदले सबैखाले स्वास्थ्य विवेचनालाई निर्देश गर्छ
नेपालकै अयुर्वेद उपचारबाट ७ दिनमै कोरोना निको
कोरोनाबाट बच्न बिहान–बेलुका नुन बेसारले कुल्ला गरौं