राजेश हमाल प्रस्तोता रहेको समता फाउण्डेशनको कार्यक्रम ‘जातको प्रश्न’बारे सामाजिक क्षेत्रमा आलोचनाहरु भइरहेका बेला समता फाउण्डेशनका अध्यक्ष प्रदीप परियार के भन्छन्– यस सम्बन्धित मूल रिपोर्ट पनि पढ्नुहोस् राजेश हमालको ‘जातको प्रश्न’माथि प्रश्न
‘जातको प्रश्न’ कार्यक्रमको उद्देश्य के हो ?
रुकुम घटनापछि हामीलाई के लाग्यो भने जतिसुकै महामारी भए पनि जात व्यवस्थाले आफ्नो चरित्र देखाइ नै रहनेछ । दलित समुदायका मान्छेले जे हुँदा पनि समस्या भोगिरहनु पर्ने रहेछ । यसकारण उत्पीडनविरुद्ध बहस छेड्न यो टिभी कार्यक्रम बनाइएको हो ।
‘जातको प्रश्न’ भनेकोचाहिँ के हो ?
हामी जातबारे कुरा गर्दैनौं । अन्र्तजातीय विवाहको बारेमा सोही परिवारले नै जातको बारेमा कुराकानी गर्दैन । रुकुमकै घटनामा पनि जातको बारेमा केटी पक्षसँग कुराकानी नै गरेको पाईंदैन । आफ्नै परिवारभित्र प्रश्न गर्ने प्रवृत्ति र संस्कार भएको भए यस्तो खालको घटना हुँदैनथ्यो ।
यस सँगसँगै समाजमा पनि जातले पिरोलिरहेको छ । हामी बहस गर्न डराउँछौं । दलित भित्र पनि यो छ, अझ गैरदलितभित्र बढि छ । उनीहरूभित्र पनि आन्तरिक विभेद धेरै छन् । दलितमाथि गरिने विभेद त निकृष्ट नै छ । दक्षिण एसियामा २५ करोड बढि मानिसले यो भोगिरहेका छन् । त्यसैले जातको विषयमा प्रश्न गरौं भनिएको हो ।
कार्यक्रमको प्रस्तोता राजेश हमाल नैचाहिँ किन ?
अरूले पनि प्रस्तुत गर्छन् होला यसपछाडि । यो सानो प्रयास हो । यसो गर्दा राजेश हमालले पनि यो कुरा बोले भन्ने हुन्छ ।
राजेश हमालको नाम बेचेर जातको विज्ञापन गरेको आरोप छ नि ?
होइन । हामीले कसैको नाम बेच्न खोजेका छैनौं । तपाईंले सोधेको तरिका पनि गलत छ ।
कुरा केमात्रै हो भने अरु मान्छेले पनि यसबारे कुरा गर्नुपर्छ । प्रश्न मात्र गर्ने कि समाधान पनि गर्ने ? त्यसैले प्रश्न गरेर चुनौती दिनुपर्छ अनिमात्रै कुरा बाहिर आउँछ । यो यत्तिकै कल्पना गरेरमात्र हुन्न । दलितलेमात्रै बोलेर समस्या समाधान हुँदैन । यसैले राजेश हमाललाई कार्यक्रम प्रस्तोता बनाइएको हो ।
यस रिपोर्टको अरु सामाग्री पढ्नुहोस्
‘सबैको सहभागिताको लागि राजेश हमाल’- प्रदीप परियार, अध्यक्ष, समता फाउण्डेशनका
राजेश हमालको ‘जातको प्रश्न’माथि प्रश्न
‘जातको प्रश्न’मा म- राजेश हमाल