बल्ल बल्ल सांसद भए बामदेव गौतम ।
प्रतिनिधि सभाको चुनावका बर्दियाबाट हारेको बामदेव गौतम तत्कालिन एमाले–माओवादी गठबन्धनका एउटा मात्र यस्ता ठूला नेता थिए जसको हार अनपेक्षित थियो । हुन त गठबन्धका ठूला नेता भनिएकामध्ये नाराणकाजी श्रेष्ठ पनि गोरखामा पराजित भएका थिए । तर नाराणकाजीको पराजय भने अनपेक्षित थिएन । बरु उनको जित अनपेक्षित हुनसक्थ्यो ।
किनकी उनी पूर्वप्रधानमन्त्री र उनकै पार्टीका पूर्व शीर्ष नेता अनि पछिल्लो चुनावमा सबैभन्दा बढी मतान्तरले विजयी भएका मध्येका एक नेता डाक्टर बाबुराम भट्टराईसित चुनावी प्रतिस्पर्धामा थिए । भट्टराईको पार्टीलाई सानो पार्टी भन्ने बाहेक उनीसँग भट्टाराईलाई हराउन बलियो तर्क थिएन । अनि श्रेष्ठकै जिद्दीका कारण सम्भावित नेकपामा आइसकेका भट्राई बाहिरिएका थिए ।
नारायणकाजीलाई त आफू हार्न सकिन्छ भन्नेमा कुनै दुविधा थिएन । बरु जिति पो हालिन्छ कि भन्ने आशा भने थियो । पछिल्लो चुनावमा मकवानपुरबाट प्रतिस्पर्धा गरेका उनी गोरखा पुगेका थिए । उनको उम्मेदवारीलाई बाबुरामसँग निउ खोजेको जस्तो गरी पनि हेरिएकै थियो ।
- जब बामदेव अर्को कित्तामा देखिन्छन् पार्टीभित्र आफ्नो पकड अप्ठेरोमा देखिन्छ । बामदेवालाई उनले फेरि एउटा लड्डु देखाइहाले ।
तर बामदेव गौतमले आफू हारिएला भन्ने चिताएका पनि थिएनन् । बरु उनी चुनाव जितेर प्रधानमन्त्रीको दावेदार बन्ने सोचमा भएको प्रष्ट बुझिन्थ्यो । चुनावको बेला आपूmलाई प्रधानमन्त्रीको उम्मेदवार भनेर उनले स्वयं घोषणा नगरे पनि बर्दियाका उनका चुनाव प्रचारकहरुले उनलाई प्रधानमन्त्रीकै रुपमा प्रस्तुत गरेका थिए । उनी आपैmले पनि बेला बेलामा अब पालो आप्mनै भएको बताउने गरेका थिए ।
नेपाली काँग्रेसका सञ्जय गौतम अपेक्षित रुपमा बामदेव गौतमसामु त्यति बलिया उम्मेदवार जस्तो देखिएका थिएनन् । तर सञ्जयले बामदेवलाई हराइदिए । केही समय पत्याउन गाह्रो भयो गौतमलाई । सत्तारुढ दलका उम्मेदवार उनी स्वयं आपूm थिए । तर पनि सञ्जय गौतमले धाँधली गराएको आरोप समेत लाग्यो ।
फेरी आफू पनि प्रधानमन्त्रीको प्रत्यासी भएकोले केपी ओलीले घात गरेर हराए भनेर उनी स्वयंले कतिपय सन्दर्भमा भन्दै हिँडे । आपूmलाई कहिले प्यूठान त कहिले बर्दियाको उम्मेदवार भन्ने गरेका बामदेवलाई बर्दियाको जनताले आफ्नो मानेन, सञ्जय गौतमलाई जिताए । शीर्ष नेताहरुमध्ये आफू पराजित भएपछि गौतमले त्यसलाई सहज रुपमा पचाएनन् ।
संसद र सत्तामा जान गौतमले निरन्तर प्रयास गरिरहे । पार्टी भित्रका विभिन्न कित्तामध्ये जसले उनलाई सांसद बनाउँछु भन्छ उनी उसैको कित्तामा देखिए । पार्टी समिकरणमा पेण्डुलमजस्ता देखिए बामदेव गौतम । उनी जुन गुटमा हुन्थे त्यसै गुटको पल्ला भारी हुने स्थिति बन्यो र केपी ओलीले उनलाई प्रशस्त प्रयोग गरे । जब बामदेव अर्को कित्तामा देखिन्छन् पार्टीभित्र आफ्नो पकड अप्ठेरोमा देखिन्छ । बामदेवालाई उनले फेरि एउटा लड्डु देखाइहाले ।
सबैभन्दा पहिले डोल्पाका सांसद दानबहदुर बुढा बामदेवलाई पुनः सांसद बनाउन सिट छोड्न तयार छन्, बामदेव डोल्पाबाट चुनाव लड्दैछन् भन्ने समाचार आए । त्यो समाचारको बुढाले नै खण्डन गरे । केपी ओलीको इशारामा नै बुढा तयार नभएको आरोप लाग्यो । जब कि भनिन्छ, पार्टीभित्र कुनै सिट खाली गराएर उनलाई सांसद बनाउने प्रस्ताव ओलीले नै राखेका थिए ।
- बामदेवले ‘केही नपाए त्यही सही’ भने जस्तै राष्ट्रिय सभामा पनि आँखा लगाएरै छाडे ।
त्यसपछि प्रचण्डको नजिक भएका बामदेवलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट सांसद बनाउने प्रस्ताव भयो । प्रचण्डकै पहलमा उनकै निवासमा क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले बामदेवका लागि सिट छोड्न तयार भएको सहमति गरे र उनले पार्टीमा राजिनामा पनि बुझाए । तर फेरि बामदेवलाई सांसद बनाउने बाटोमा केपी ओली नै अवरोध भएको आरोप लाग्यो । चर्को जनविरोध पनि बामदेवले झेल्न सकेनन् र आफू सांसद बन्न नचाएको बताउन बाध्य भए ।
तेस्रो पटक उनले नेता रविन्द्र अधिकारीको देहावसानपछि भएको उपनिर्वाचनमा पोखराबाट प्रत्यासी हुन प्रयास पनि गरेका थिए । त्यसबेला पनि पोखराबाट प्रत्यासी हुन सुझाव दिने केपी ओली नै भएको पार्टीका भित्रियाहरु बताउँछन् । केपीले स्थानीय दवावका कारण बामदेवलाई उम्मेदवार बनाउन सकिँदैन भनेर नबनाउनकै लागि प्रस्ताव गरेका हुन् भन्ने पनि छन् । बामदेवको त्यो प्रयास पनि असफल भयो ।
प्रतिनिधि सभामा जाने सारा प्रयास असफल भएपछि उनले राष्ट्रिय सभामा जाने बाटो खोजे । हद त तब भयो, जब उनले संविधानको व्यवस्थालाई नै लत्याउँदै राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउनु पर्छ भनेर संविधान संशोधन नै गर्न दवाव दिए र अध्यादेशमार्फत् संविधान संशोधनको तयारी पनि भयो । उनको त्यही प्रधानमन्त्री जसरी पनि बन्ने चाहनाका कारण पहिलो लटमा नारायणकाजीहरु राष्ट्रिय सभाको सांसद बन्दा उनी बनाइएनन् ।
तर उनी अडानमा बसिरहन पनि सकेनन् । उनले प्रधानमन्त्री हुन नपाए राष्ट्रिय सभामा जान्न भनेपछि नै प्रधानमन्त्री ओलीले सांसद पद गुमाइसकेको युवराज खतिवडालाई फेरि अर्थमन्त्री बनाए, फेरि राष्ट्रिय सभामा मनोनित गर्नेगरी । तर बामदेवले ‘केही नपाए त्यही सही’ भने जस्तै राष्ट्रिय सभामा पनि आँखा लगाएरै छाडे ।
- बामदेव सांसद त भइसकेका छन् तर मन्त्री होलान् त ? भन्न सकिन्न, बनिहाले पनि रहिनरहन सक्छन् ।
अन्ततः राष्ट्रपतिबाट मनोनित भएर बामदेव सांसद भए । त्यो पनि जति सहज हुनु पर्ने हो त्यति सहज भएन, तर भइछाडे । अब उनको अडान छ, मन्त्री बन्ने, एकपटक उपप्रधानमन्त्री भइसकेका उनलाई उपप्रधानमन्त्री नै चाहियो, त्यो पनि अर्थ मन्त्रालयको जिम्मेवारीसहित । उनले खुलेरै भनिसकेका छन् ।
तर संविधानको व्यवस्थाको बाधा कसरी फुकाउने त्यो अहिले चुनौती छ । संविधानमा प्रतिनिधि सभामा हारेका व्यक्ति मन्त्री हुन नपाउने उल्लेख छ । कुनै व्यक्ति सांसद नभएपनि ६ महिना मन्त्री बन्न सक्छन् तर कायम रहन उसले ६ महिनाभित्र सांसद बनेकै हुनुपर्छ ।
बामदेव सांसद त भइसकेका छन् तर मन्त्री होलान् त ? भन्न सकिन्न, बनिहाले पनि रहिनरहन सक्छन् । अदालतले उनको नियुक्त बदर गर्न सक्छ । किनकी उनी प्रतिनिधि सभा हारेका व्यक्ति हुन् । हुन सक्छ प्रतिनिधि सभा र राष्ट्रिय सभा अलग विषय हुन् प्रतिनिधि सभामा हारे पनि उनी राष्ट्रिय सभाका सांसद हुन्, त्यसैले मन्त्री हुन सक्छन् भनिएला ।
तर केपी ओलीलाई पनि उनलाई मन्त्री बनाउने चाहना छ भनेर कल्पना गर्ने ठाउँ छैन । उनी मन्त्री बन्दा अर्का दावेदार नारायणकाजी पनि अघि आउने छन् अनि उनी पनि उपप्रधानमन्त्री नै हुनुपर्यो । त्यो पनि परराष्ट्र मन्त्रालय नै चाहिने होला ।
यो सबै भइरहेकै छ तर यी सब हुँदा लोकतन्त्र चाहिँ हारिरहेको छ । संविधानलाई समेत लत्याएर जनताले अस्वीकार गरेका मानिस अनेक बाटोबाट जनप्रतिनिधि बन्छन् भने यो व्यवस्था जनता सर्वेपरि भएको व्यवस्था कसरी हुन सक्छ ? यो जनताको मजाकको व्यवस्था बनेको छ ।
पक्का पनि अहिलेको व्यवस्थामा जनता सर्वोपरी छैनन् । नेता नै सर्वोपरी छन् । नेताले जे चाहन्छ त्यो हुन्छ, जनताले चाहेको होइन । जनता भोकै भात खान टुँडिखेलमा लाइन लाग्न पुग्छन् । त्यो पनि सरकारले ख्वाएको भात होइन कुनै मनकारीले खुवाएको । विश्व महामारीले आक्रान्त भएको बेला निरिह भएर सत्तारुढ पार्टीको नौटंकी हेर्न जनता बाध्य हुन्छन् ।
के कारण, के का लागि भन्ने केही भेउ नै नपाई नेपाली जनता कहिले घरभित्र र कहिले घरबाहिर बस्न बाध्य हुन्छन् । यदी लोकतन्त्र यही हो भने, कसरी भन्ने लोकतन्त्रमा जनता सर्वोपरी हुन्छ ?
स्ट्रेट ड्राइभका यसअघिका लेखहरु पनि पढ्नुहोस्
सुशान्त, कंगना, अर्नव, मोदी, भारत र नेपाली परिवेश
किन चाहियो कुलमानै, काम भए भएन ?